बिज्ञापन

आज बाट बाहिर घाममा दिउँसो काम लगाउन नपाउने

प्रशासनिक विकास श्रम तथा सामाजिक मामिला मन्त्रालयले आज जून १५ देखि लागु हुने गरि यो वषर्को गर्मी महिनाका लागि कार्य समय तोकेको छ । नियम कार्यन्वयन मन्त्रालयको २०१७ को निर्णय नं १६ अन्र्तगत खुल्ला कार्यक्षेत्रमा काम गर्ने कामदारहरुको लागि जून १५ देखि अगष्ट ३० सम्मका लागि लागु हुनेछ ।

नियम खुल्ला कार्यक्षेत्र वा सिधा घाममा काम गर्न पर्ने कामदारहरुको लागि मात्र लागु हुनेछ ।यस्ता कार्यक्षेत्रमा काम गराउने कम्पनीले दिउँसो ११ः३० बजे देखि अपरान्ह ३ बजे सम्मका लागि काम बन्द गर्नपर्ने हुन्छ । साथै कार्य समय तालिकाको सुचनापत्र कामदारले र श्रम निरिक्षकले निरिक्षण गर्न आएको बेला सजिलै देख्नेगरि टासिएको हुनुपर्नेछ ।

मन्त्रालयले कम्पनीहरुलाई नियमको कदर गर्न आग्रह गरेको छ । त्यस्तै नियम उल्लघंन गर्ने कम्पनीलाई कम्तीमा १ महिना सम्मको लागि बन्द गर्ने चेतावनी समेत दिएको छ ।साथै मन्त्रालयको सम्बन्धित कर्मचारी जति बेला पनि निरिक्षणका लागि आउन सक्ने मन्त्रालयले जानकारी दिएको छ ।

उजुरी कसरी गर्ने ?

प्रशासनिक विकास,श्रम तथा सामाजिक मामिला मन्त्रालय
डिप्लोमेटिक एरिया,डल्फिन टावर संगै,दोहा
फोन नं ४०२८८८८८, हटलाइन नं ४४२४११०१

मन्त्रालयको- फेसबुक

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button