नेपाल सरकारले विदेशमा रहेका नेपालीको उद्धार गर्छः प्रधानमन्त्री ओली

काठमाडौं – नेपाल प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशमा रहेका नेपाली नागरिकलाई सरकारले उद्धार गर्ने बताएका छन् । सोमबार अपरान्ह राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विदेशमा रहेका नेपाली नागरिकप्रति सरकार संवेदनशील रहेको बताएका छन् ।
विदेशमा समस्यामा परेका र दुःख पाएका नेपालीको उद्धारका लागि विस्तृत योजनासहितको आदेश छिटै जारी हुने पनि उहाँले बताउनुभयो । कोरोना महामारिका बेला विदेशमा समस्यामा परेका नेपाली श्रमिकको समस्या समाधानका लागि विभिन्न देशका राष्ट्र प्रमुखसँग आफूले कुराकानी गरेको र ती देशमा रहेका नेपालीबारे ढुक्क हुनु भनेकोले आफू आस्वस्त रहेको बताएका छन् । साथै ती देशले नेपाली श्रमिकका लागि गरेको सहयोग प्रति उहाँले धन्यवाद पनि दिनुभएको छ ।
भिडियो