कतार द्वारा जर्जियाका राष्ट्रपतिलाई बधाई सन्देश, सोमालियामा भएको विस्फोटको घोर निन्दा ब्यक्त

कतारका सम्माननिय अमीर शेख तमीम बिन हमद अल थानीले आज जर्जियाका राष्ट्रपति सालोमे जोराबिस्विलीलाई उनको देशको स्वतन्त्रता दिवसको अवसरमा बधाईको दिनुभएको छ ।

त्यस्तै कतारका राजकुमार शेख अब्दुल्लाह बिन हमद अल थानी र कतारका प्रधानमन्त्री तथा गृहमन्त्री शेख खालिद बिन खलीफा बिन अब्दुलाजीज अल-थानीले पनि जर्जियाका राष्ट्रपतिलाई सन्देश पठाइ बधाई एवं उत्तर उत्तर प्रगतीको शुभकामना ब्यक्त गर्नुभएको क्युएनएले जनाएको छ ।

अमीरले हिजो जोर्दनका राजा अब्दुल्ला लाई पनि स्वतन्त्रता दिवसको अवसरमा बधाई एवं  प्रगतीको कामना शुभकामना दिनु भएको थियो ।

अमिरले सहयोग स्वरुप केही देशमा स्वास्थ्य समाग्री पठाएँ
कतारका सम्माननिय अमिर शेख्स तमिम बिन हमाद अल थानीले आफ्नो प्रत्यक्ष निग्रानीमा कोरोना भाइरस सन्क्रमित केही मुलुकमा स्वास्थ समाग्री पठाउनु भएको छ । युक्रेन मोल्दोभा र इथियोपिया लगायतका देश मा स्वास्थ समाग्री पठाइएको हो । कोरोना बिरुद्द लड्न मित्र रास्ट्रहरु लाई सहज होस भन्ने उद्देश्य सहित सहयोग गरिएको जनाइएको छ ।

कतार द्वारा सोमालियामा भएको विस्फोटको घोर निन्दा
इद को समयमा सोमालियामा भएको विस्फोट को कडा शब्दमा कतारले निन्दा गरेको छ । कतार न्युज एजेन्सीका अनुसार इदका समय भेला भएका समूह लाई लक्षित गरि गरिएको आक्रमण र विस्फोट को निन्दा गरिएको जनाइएको छ । आक्रमणकारीले उतर बैदोवा र दक्षिण सोमालिया का क्षेत्रमा बिस्फोट गराएका थिए । उक्त घटनामा ५ जनाको मृत्‍यु भएको छ भने २० जना घाइते भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button