नेपालमा कोरोना : हप्ता दिनमै दोब्बरले बढे संक्रमित

काठमाडौं – नेपालमा एक हप्तामै कोरोना संक्रमितको संख्या झन्डै दोब्बरले बढेको छ । गत मंगलबारसम्म कोरोना संक्रमितको संख्या ३ सय ९० रहेकोमा आज मंगलबार बढेर ७ सय ७२ पुगेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार आज एकै दिन ९० जना संक्रमित पुष्टि भएको छ । सोमबार ७८ जना संक्रमित थपिएका थिए।

नेपालमा पहिलोपटक गत माघ ९ गते एकजना युवकमा संक्रमण पुष्टि भएको थियो। बाँकेको नरैनापुर गाउँपालिकामा मात्र १ सय १४ जनामा संक्रमण देखिएको थियो। जसमा एकजनाको मृत्यु भएको थियो।

नेपालमा कोरोना संक्रमणबाट चार जनाको मृत्यु भएको छ भने १ सय ५५ निको भएर घर फर्किएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button