नेपालमा कोरोना: हालसम्मकै उच्च संक्रमण, एकैदिन १८९ जनामा पुष्टि, कुल संक्रमितको संख्या १,४०१ पुग्यो

नेपालमा आज एकैदिन १८९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित  पत्रकार सम्मेलन मार्फत मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले यो जानकारी दिएका हुन् । नेपालमा जम्मा संक्रमितको संख्या १ हजार ४ सय १ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप १३ जना डिस्चार्ज भएका छन् ।
मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला गरिएको परीक्षणमा १ सय २४ जनामा पोजेटिभ देखिएको छ । जसमा कपिलवस्तुका ७७ जना,धनुषका ७, झापा १, ललितपुरका १ जना, महोत्तरीका ४ जना र रौतहट ६ जनामा कोरोना पोजेटिभ देखिएको छ ।
यस्तै सर्लाहीका १७, सिरहाका ११ जना जनामा पनि पोजटिभ देखिएको छ । रुपन्देहीमा भएको परीक्षणमा ३६ जनाको पोजेटिभ देखिएको छ । जसमा कपिलवस्तुका मात्रै २९ जना रहेका छन् ।

विपि कोइराला राष्ट्रिय स्वास्थ्य जिज्ञान प्रतिष्ठानमा भएको परीक्षणमा सप्तरीका ९ जना, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको परीक्षणमा दाङमा १३ र कपिलवस्तुका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
वीरगञ्जमा भएको परीक्षणमा बाराका १ र पर्साका २ जनामा संक्रमण देखिएको छ । यस्तै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा दैलेखका मात्रै १४ जनामा संक्रमण देखिएको छ । विराटनगरको कोशी अस्पतालमा भएको परीक्षणमा संखुवासभाका २ जनाको संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

हालसम्म कोरोना निको भएर २ सय १९ जना घर फर्किएका छन् भने ६ जनाको संक्रमितको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button