कतारमा कोरोना : निको हुनेको संख्या २० हजार बढी

कतारमा गएको २४ घण्टामा ५,८६४ जनामा गरिएको परिक्षणमा थप १,९९३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको र ५, २०५ जनालाई निको भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै कतारमा भाइरस संक्रमितको संख्या ५२,९०७ पुगेको छ ।
आज मृत्यु हुने तीन जना ४८,६५ र ८४ वर्षीय नागरिकहरु रहेका छन्। हमाद अस्पतालले बिरामीलाई स्वाब परिक्षण पोजेटिभ आएको १४ दिनमा डिस्चार्ज दिने विश्व स्वास्थ्य संगठनको विधि अपनाए संगै कतारमा बिरामी निको हुनेको संख्या पनि बढ्दै गएको छ। कतार सरकारले मृत्यु भएको बिरामीको राष्ट्रीयता भने खुलाएको छैन।
पछिल्लो २४ घण्टामा भएको थप विवरण
आज सम्म निको भएर घर फर्किएका – २०,६०४
अस्पातलको प्रत्यक्ष निगरानीमा रहेका – १,६१२
आइसीयुमा उपचार भैरहेका – २१६
मृत्यु हुनेको संख्या- ३
आज सम्म मृत्यु हुनेको संख्या – ३६
آخر مستجدات فيروس كورونا في قطر
Latest update on Coronavirus in Qatar#سلامتك_هي_سلامتي #YourSafetyIsMySafety pic.twitter.com/htdMBH0UJk— وزارة الصحة العامة (@MOPHQatar) May 29, 2020
कसैमा भाइरस सम्बन्धि लक्षण देखा परे तुरुन्त १६००० मा सम्पर्क गर्न मन्त्रालयले सबैमा आग्रह गरेको छ ।
यो पनि पढौ
कोरोना भाइरस : कतारमा रहेका कामदारले जान्नैपर्ने कुराहरु
शुक्रवार २२ मे देखि लागू हुनगरी घर बाट बाहिर निस्किन अघि कतारमा रहने सबैले अनिवार्य एह्तेराज एप डाउनलोड गर्नुपर्ने नियम रहेको छ ।