भाइरस जाँच गर्न कहाँ जाने, के गर्ने ?

कतार सरकारले कोरोनाभाइरसको शंका लागेका व्यक्तिहरुमा स्वाब परिक्षण गर्ने सुविधा दिने भएको छ । कोभिड-१९ को महामारी नियन्त्रण गर्न कतार सरकारले चालेको कदम अनुरुप भाइरस फैलिन नदिन र भाइरस प्रारम्भिक चरणमा नै पत्ता लगाई त्यसको विकास हुन नदिन प्राइमरी हेल्थ केयर सेन्टर (पीएचसीसी)ले आइतबार ३१ मे देखि आफ्नो तीन केन्द्रमा स्वाब परिक्षण गर्ने जनाएको छ ।

स्वाब परिक्षणका लागि पहिला आफुले फोन मार्फत एपोइन्टमेन्ट लिन अनिवार्य हुनेछ । जाँचका लागि वृद्ध तथा भाइरसको जोखिम भएकाहरुलाई बढी  प्राथमिकता दिइनेछ ।

भाइरस परिक्षणका लागि तोकिएको केन्द्रहरु :

अल थुमामा हेल्थ सेन्टर
अल वाब हेल्थ सेन्टर
लिएबैब हेल्थ सेन्टर

समय

दिउँसो २ देखि राती १० बजे सम्म ।

गर्नुपर्ने प्रक्रियाहरु :

१. १६००० मा फोन गरेर एपोइन्टमेन्ट लिनुपर्ने ।

२. मोबाइलमा एपोइन्टमेन्टको म्यासेज आएको हुनुपर्ने ।

३. निजि सवारीमा मात्रै जाँच केन्द्र जानुपर्ने ।

४. केन्द्र पुगेपछि भाइरस सम्बन्धि सोधिएको केही प्रश्नहरुको जवाफ दिनुपर्ने ।

५. नाक वा मुख बाट स्वाबको नमुना लिईने ।

६. जाँचको नतिजा नआउन्जेल घरमै क्वारेन्टाइनमा बस्नुपर्ने । (भाइरस लागेका व्यक्तिसंग घुलमिल भएकाहरु मात्र)

७. मोबाइलमा जाँचको नतिजा आउने ।

८. उपचार गर्नुपरे डाक्टरले सल्लाह दिने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button