तनहुँमा सामान्य विवादमा चक्कु प्रहार हुँदा एकको मृत्यु

दमौली, कात्तिक १७-

जिल्लाको व्यास नगरपालिका–१० अधेरीभञ्ज्याङमा आज साँझ चक्कु प्रहारबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नुवाकोटका ४७ वर्षीय दिलीप तामाङ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । प्रहरीले चक्कु प्रहारमा सङ्लग्न भक्तपुरका विशाल थापालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विकास पासवानले जानकारी दिनुभयो ।

व्यास नगरपालिका–१० देखि ७ जोड्ने पराशर मार्गमा काम गर्ने दुई मजदुरबीच सामान्य विवाद हुँदा थापाले चक्कु प्रहार गरेका थिए । प्रहरी निरीक्षक पासवानले भन्नुभयो, “सामान्य विवाद हुँदा गालीगलौज भएपछि खाना बनाउने क्रममा तामाङमाथि चक्कु प्रहार भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।” यहाँ विश्व बैङ्कको सहयोगमा व्यास नगरपालिकाका चार वडा जोड्ने सडक स्तरोन्नति काम भइरहेको थियो । रासस

यस समाचारको श्रोत : www.narayanionline.com हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button