कतारमा कोरोना : आज २,३५५ जनामा संक्रमण, निको हुनेको संख्या दोब्बर भन्दा बढी

कतारमा पछिल्लो २४ घण्टामा ५,०९१ जनामा गरिएको परिक्षणमा थप २,३५५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने आज झन्डै दोब्बर भन्दा बढी ५,२३५ जना निको भएका छन् । यो संगै कतारमा भाइरस संक्रमितको संख्या ५५,२६२ पुगेको छ । आजको संक्रमितको संख्या हालसम्मै कै उच्च हो । केही साता देखी निकै बढी रहेको मृत्युदर भने आज रोकिएको छ । आज कतारमा भाइरसका कारणले कसैको मृत्यु भने भएको छैन ।
آخر مستجدات فيروس كورونا في قطر
Latest update on Coronavirus in Qatar#سلامتك_هي_سلامتي #YourSafetyIsMySafety pic.twitter.com/PZXzOlZxfQ— وزارة الصحة العامة (@MOPHQatar) May 30, 2020
कतारमा आज सम्म २५,८३९ जना निको भएर घर फर्किएका छन् भने १,५७५ जनाले अस्पातलको प्रत्यक्ष निगरानीमा आपतकालिन स्वास्थ्य सेवा लिइरहेका छन् जसमा २५२ जना पछिल्लो २४ घण्टामा भर्ना भएका छन् । त्यस्तै जम्मा २१७ बिरामी मध्ये गएको २४ घण्टामा थप १८ जनालाई आइसीयुमा भर्ना गरिएको छ । आज सम्म २,१७,९८८ जनालाई जाँच गरिएको मन्त्रालयले बताएको छ । भाइरसका कारण कतारमा हालसम्म मृत्युहुनेको संख्या ३६ कायम नै रहेको छ ।
कसैमा भाइरस सम्बन्धि लक्षण देखा परे तुरुन्त १६००० मा सम्पर्क गर्न मन्त्रालयले सबैमा आग्रह गरेको छ ।
कतार सरकारले कोरोना भाइरसको शंका लागेका व्यक्तिहरुमा स्वाब परिक्षण गर्ने सुविधा दिने भएको छ । कोभिड-१९ को महामारी नियन्त्रण गर्न कतार सरकारले चालेको कदम अनुरुप भाइरस फैलिन नदिन र भाइरस प्रारम्भिक चरणमा नै पत्ता लगाई त्यसको विकास हुन नदिन प्राइमरी हेल्थ केयर सेन्टर (पीएचसीसी) ले आइतबार ३१ मे देखि आफ्नो तीन केन्द्रमा स्वाब परिक्षण गर्ने जनाएको छ ।
स्वाब परिक्षणका लागि पहिला आफुले फोन मार्फत एपोइन्टमेन्ट लिन अनिवार्य हुनेछ । जाँचका लागि वृद्ध तथा भाइरसको जोखिम भएकाहरुलाई बढी प्राथमिकता दिइनेछ ।
भाइरस परिक्षणका लागि तोकिएको केन्द्रहरु :
अल थुमामा हेल्थ सेन्टर
अल वाब हेल्थ सेन्टर
लिएबैब हेल्थ सेन्टर
समय
दिउँसो २ देखि राती १० बजे सम्म ।
गर्नुपर्ने प्रक्रियाहरु :
१. १६००० मा फोन गरेर एपोइन्टमेन्ट लिनुपर्ने ।
२. मोबाइलमा एपोइन्टमेन्टको म्यासेज आएको हुनुपर्ने ।
३. निजि सवारीमा मात्रै जाँच केन्द्र जानुपर्ने ।
४. केन्द्र पुगेपछि भाइरस सम्बन्धि सोधिएको केही प्रश्नहरुको जवाफ दिनुपर्ने ।
५. नाक वा मुख बाट स्वाबको नमुना लिईने ।
६. जाँचको नतिजा नआउन्जेल घरमै क्वारेन्टाइनमा बस्नुपर्ने । (भाइरस लागेका व्यक्तिसंग घुलमिल भएकाहरु मात्र)
७. मोबाइलमा जाँचको नतिजा आउने ।
८. उपचार गर्नुपरे डाक्टरले सल्लाह दिने ।