नेपालमा फेरी लकडाउन लम्बाइयो, हवाई उडान र अन्तराष्ट्रिय सीमाना जुन ३० तारिख सम्म बन्द

नेपालमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण फैलिन नदिन लकडाउनलाई ३२ जेठसम्म लम्ब्याउने सरकारले निर्णय गरेको छ । शनिबार बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको हो ।
सरकारले पछिल्लो पटक थपेको लकडाउनको समय यही जेठ २० गते सकिदैछ थियो । कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको सिफारिसमा सरकारले कोरोना संक्रमण फैलिएको आवश्यक ठाउँमा सेना परिचालन गर्ने समेत निर्णय गरेको छ ।
त्यस्तै आज शनिवार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले अन्तर्राष्ट्रिय सिमा नाका र विमानस्थल असार १६ गते अर्थात जुन ३० तारिख सम्म बन्द गर्ने निर्णय गरेको छ ।
तर विदेशमा अलपत्र रहेका नेपालीलाई उनीहरु रहेको देशस्थित नेपाली दूतावासमा नाम दर्ता गराएर प्राथमिकताका आधारमा छिट्टै नै स्वदेश फर्काउने तयारी भने गर्दैछ ।
नेपाल पुगेपछि काठमाडौंका होटलमा १४ दिन क्वारेन्टाइनमा राखेर मात्र जिल्ला प्रवेश गराउने योजना बनाएको छ ।