नेपालमा कोरोना : बाजुराकी दुई वर्षीया संगै मृतक संख्या ८ पुग्यो, कुल संक्रमितको संख्या १५६७

काठमाडौं – नेपालमा कोरोनाबाट थप एक जनाको मृत्यु भएको छ । यो संगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुढीगंगा नगरपालिका–१ बाजुराकी दुई बर्षिया बालिकाको मृत्यु भएको हो । ति बालिका ८ दिन अघी बाबु आमा सहित भारतबाट नेपाल आएकी थिइन् । भारतबाट आएपछी उनीहरुलाई स्थानिय क्वारेन्टाइनमा राखिएको थियो । बालिकाको अवस्था जटिल भएपछि १५ गते आइसोलेसनमा राखी उपचार भईरहेको थियो । उनको शनिबार राति करिब २:३० बजे मृत्यु भएको हो । बालिकाको मृत्यु भएलगत्तै स्वाब संकलन गरी परीक्षण गर्दा आइतबार उनमा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । यसअघि नेपालमा कोरोनाबाट सिन्धुपाल्चोक, बाँके, गुल्मी, ललितपुर, बारा, अर्घखाची, दैलेखमा एक/एक गरी ७ जनाको मृत्यु भइसकेको छ ।”
त्यस्तै नेपालमा आज १६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसंगै नेपालमा कोरोना संक्रमितको संख्या १ हजार ५ सय ६७ पुगेको छ ।
नियमित पत्रकार समेलनमा जानकारी दिदै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज मात्रै १ सय ६६ जनामा कोरोना पुष्टि भएको बताएको हो । जसमा १६२ जना पुरुष र ४ जना महिला रहेका छन् ।
मन्त्रालयका अनुसार प्रदेशको जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको परीक्षणमा ३ जनामा कोरोना पुष्टि भएको छ । जसमा तनहुँका १ जना र स्याङ्जाका २ जना रहेका छ्न् । नारायणी अस्पताल बिरगंजमा गरिएको परीक्षणमा पर्साका ५ जना र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परिक्षणमा ३७ जनाको पोजेटिभ आएको छ । जसमा कालिकोटका १८ जना, दैलेखका १८ जना, बाजुराका १ जना रहेका छन् । सुर्खेतमा गरिएको परिक्षणमा २६ जनाको पोजेटिभ आएको छ । जसमा सल्यानका २५ जना, सुर्खेतका १ जनामा कोरोना देखिएको हो । धुलिखेलमा गरिएको परीक्षणमा कपिलबस्तुका १ जनामा कोरोना संक्रमण देखिएको हो । बाँकेका ४ जना, नेपालगञ्जका ४ जना, सप्तरीका १२ जना, कैलालीका ३ जना, बाजुराका २ जना, झापाका ४ जना, धनुषाका २१ जना, कपिलवस्तुका ५ जना, रौटहतका २९ जना, सर्लाहीका १० जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।”