आज अन्तर्राष्ट्रिय मजदुर दिवस संगै क्युएन खबरको चौथो वार्षिक उत्सव

आज मे १ अर्थात १३० औं अन्तर्राष्ट्रिय मजदुर दिवस, आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जनका लागि युरोप र अमेरिकाका मजदुरहरुले गरेको संघर्ष सफल भएको स्मरणमा प्रत्येक वर्ष मे १ तारिखमा अन्तर्राष्ट्रिय मजदुर दिवस मनाउने गरिन्छ ।
१७ औं शताब्दीमा भएको संघर्षले मजदुरहरुले यो अधिकार प्राप्त गरेका थिए । सन् १८८९ मा फ्रान्सको राजधानी पेरिसमा सम्पन्न विश्वका श्रम संगठन एवम् श्रमिक नेताहरुको बैठकले विश्व श्रमिक दिवस विश्वभर मनाउने निर्णय गरेको थियो । त्यसपछि सन् १८९० देखि हरेक वर्ष मे १ मा संसारभर मजदुर दिवस मनाउने गरिन्छ ।
आज देखी क्युएन खबर पाँचौ वर्षमा प्रवेश

आज मे १ तारिख बुधवार देखी क्युएन खबर ५ बर्षमा प्रबेश गरेको छ । वार्षिकोत्सवको अवसरमा शुभकामना व्यक्त गर्दै क्युएन खबरका संचालक निमा भुसाल र सम्पादक अनिल मगरले आफ्ना पाठक, श्रोता, शुभेच्छुक, कतारमा रहेका विभिन्न सँघसँस्था, विज्ञापनदातालाई सम्झँदै आफ्नो कामलाई निष्पक्ष र अझै प्रभावकारी बनाउने प्रतिवद्धता जनाएका छन् ।
कतारमा धेरै नेपाली श्रमिक रहेका र सबै लाई यहाँ हुने गतिविधि, नयाँ-पुराना नियम कानुन बारे जानकारी तथा हरेक स्थानिय खबरहरु नेपाली भाषामा पनि पुगोस भन्ने उदेश्यले मे १ तारिख २०१५ मा हाम्रो कतार, क्युएन रेडियो हुँदै स्थापना भएको थियो (कतार र नेपालको खबर) क्युनखबर ।