कोरोनाबाट विश्वमा ३ लाख ७७ हजार भन्दा बढीको मृत्यु, ६३ लाख ७४ हजार संक्रमित

पेरिस – महामारीका रुपमा फैलिएको कोरोना भाइरसबाट विश्वभर ३ लाख ७७ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । एएफपीको गणना अनुसार विश्वभर ६३ लाख ७४ हजार मानिस कोरोनाभाइरसबाट संक्रमित छन् । जसमा युरोपमा मात्र एक लाख ७९ हजारको मृत्यु भएको छ भने २१ लाख ६७ हजार व्यक्ति संक्रमित भएका छन् ।
संयुक्तराज्य अमेरिकामा एक लाख ६ हजार ९२७ जनाको मृत्यु भएको छ भने दोस्रो स्थानमा बेलायतमा ३९ हजार ५१ जना, इटालीमा ३३ हजार ४७५ जना, ब्राजिलमा ३० हजार ४६ जना तथा फ्रान्समा २८ हजार ८३३ जनाको ज्यान गएको छ । (रासस–एएफपी)
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो