नेपाल फर्कन चाहनेले जान्नुपर्ने कुराहरु

नेपाल सरकारले विदेशमा अलपत्र नेपालीलाई प्राथमिकतामा आधारमा उद्धार गरी स्वदेश फिर्ता ल्याउने घोषणा गरिसकेको छ । सरकारले विदेशमा अलपत्र २५ हजार नेपालीलाई आगामी सातादेखि उद्धार गरी स्वदेश फिर्ता गर्ने कार्य सुरु गर्ने बताएको छ ।

स्वदेश फर्कन चाहने विभिन्न देशमा रहेका नागरिकको विवरण १० दिनभित्र संकलन गर्ने जिम्मेवारी परराष्ट्र मन्त्रालयलाई दिइएको छ ।

कोरोना भाइरस (कोभिड १९) रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले अलपत्र नेपालीलाई प्राथमिकताका आधारमा स्वदेश फिर्ता गर्ने निर्णय गरेको हो । तर  स्वदेश फर्कन चाहनेले फर्कदा लाग्ने लाग्ने खर्च आफैं व्यहोर्नु पर्नेछ ।

जस्तै जहाजको भाडा,क्वारेन्टिनमा बस्दा लाग्ने खर्च आफैंले तिर्नुपर्ने हुन्छ ।

दूतावासले जारी गरेको सूचना 

के हुन्छ नेपाल पुगे पछी ?

काठमाडौं विमानस्थलमा पुगेपछि यात्रुहरूलाई होटलमा राखिनेछ। होटलहरूको मेनु र शुल्क नेपाल सरकारले तय गर्नेछ। फर्केकाहरूले भने आफ्नो क्षमताअनुसार होटल छान्न पाउनेछन् र त्यसको खर्च पनि उनीहरुले नै व्यहोर्नुपर्नेछ ।

होटलमा राखिएकाहरुको स्वास्थ्य परीक्षण गरिनेछ । कोरोना संक्रमण नदेखिएकाहरुलाई घर सम्म सरकारले पुर्याउने बताएको छ । त्यसपछि स्थानीय तहले बनाएको क्वारेन्टिनमा उनीहरु १४ दिनसम्म बस्नुपर्नेछ ।

आँफैले खर्च गर्न नसके ?

विदेशमा खर्च नभएर अलपत्र परेका तथा आममाफी पाएर आएका कामदारहरूलाई भने सरकारले खाना सुविधा दिनेछ।

कुवेतलगायतका खाडी मुलुकहरूले आममाफी पाएका कामदारहरूलाई आफैँले नेपालसम्म ल्याइदिने जानकारी दिइसकेका छन्।त्यस्ता व्यक्तिहरूसँग खर्च नभएको अवस्थामा उनीहरूलाई स्थानीय तहहरूले बनाएका क्वारन्टीनमा राखिनेछ।

त्यसरी क्वारन्टीनमा बस्दा उनीहरूले दैनिक सुरक्षाकर्मीले पाउने सरहको खाना खर्च पाउने छन्। हाल सुरक्षाकर्मीले दैनिक १७५ रुपैयाँ यस्तो खर्च पाउने गरेका छन्। यो दुर्गममा ढुवानी खर्चका आधारमा केही बढी पनि रहेको छ।

दुर्गम क्षेत्रका नेपालीका हकमा सोही अनुसार सुविधा दिइने बताइएको छ। यो रकम सिधै पालिकाहरूलाई उपलब्ध गराइने र त्यसले खाना खर्च नपुग्ने अवस्था आएमा पालिकाहरूले आफ्नो कोषबाट रकम थप्नुपर्ने व्यवस्था गरिएको छ।

को-को पर्छन त प्राथमिकतामा ?

सम्बन्धित मुलुकमा विविध कारणले सजाय तोकिएर माफी पाएका नेपालीहरु, डिटेन्सन सेन्टरमा रहेका र नेपाल जान अनुमति पाएका व्यक्तिहरु, जुनसुकै कारणले बहिर्गमन भिसामा रहेका व्यक्तिहरु, आफन्तको मृत्यु भई काजकिरियाका लागि नेपाल जानपर्ने व्यक्तिहरु, श्रम करार अन्त भएका वा रोजगारी गुमाएका व्यक्तिहरु, कोभिडबाहेक अन्य कारणबाट गम्भीर स्वास्थ्य अवस्थामा रहेका, सुत्केरी तथा गर्भवती महिला, बालबालिका, जेष्ठ नागरिक, अपांगता भएका व्यक्ति, सरकारी सेवामा रही अध्ययन वा तालिममा विदेश रहेर अड्किएका व्यक्ति, अध्ययन समाप्त भएका विद्यार्थीहरु, नेपाल जानुपर्ने अवस्थामा रहेका अध्ययनरत विद्यार्थीहरु, पारिवारिक पुनरमिलनका लागि गएका र फर्किने अवस्थामा रहेका व्यक्ति, कम्पनीबाट रोजगारीसहित अनिवार्य विदामा रहेका व्यक्ति, अन्तराष्ट्रिय संघसंस्थामा कार्यरत रहेर नेपाल जानुपर्ने अवस्थामा रहेका व्यक्ति, पर्यटक तथा व्यापारिक भिसामा गएर रोकिएका व्यक्तिहरु

के गर्नु पर्ला त नेपाल फर्किन ?
नेपाल फर्किन चाहनेहरुले सम्बन्धित मुलुकमा रहेका नेपालको कुटनीतिक नियोग तथा दूतावासमा आवेदन दिनुपर्नेछ ।

कतारमा रहेकाले के गर्ने ?

कतार बाट नेपाल फर्कन इच्छुक नेपालीहरुले दूतावासले जारी गरेको फारम अनिवार्य रुपमा भर्नुपर्नेछ । फारम नभरी नेपाल जान नपाउने दूतावासले बारम्बर भन्दै आइरहेको छ । फारम संग आवश्यक कागजपत्र पनि पेश गर्नुपर्नेछ । नेपाल जाने निश्चिति भएपछी यात्रा गर्नुअघि एकहप्ता सम्मको कोरोना सम्बन्धि मेडिकल रिपोर्ट पनि गरेर राख्नुपर्नेछ ।

फारम भर्नका लागि यहाँ क्लिक गर्नुहोस्

फारममा उल्लेखित विवरण भरिसकेपछि सोही फारामको अन्तिममा रहेको Submit बटनमा थिच्नु पर्नेछ।

दूतावासको फोन नम्बर : +974 44675681 र 44171962
फेसबुक पेज :  https://www.facebook.com/eondoha/  मा म्यासेज पठाउनुहोस् ।
व्हाट्सएप : 33560117 (भोइस मेसेज मात्र)

नेपालको परराष्ट्र मन्त्रालयले तपाईंले दूतावासलाई दिनु भएको विवरणको अनुरुप स्वदेश फर्किनैपर्ने अवस्थामा रहेका नेपालीहरुको पहिचान गरी सो विवरणको आधारमा तपाईंलाई फर्काउनेछ ।

त्यसरी स्वदेश फर्किन चाहने नागरिकहरुलाई सके सम्म नेपाल वायुसेवा निगम नसके अन्य निजी कम्पनीको जहाजमार्फत स्वदेश फर्काइनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button