बिज्ञापन

कतारबाट नेपाल फर्कन जरुरी भएकालाई राजदूतावासको अत्यन्त जरुरी सूचना

कोभिड १९ अर्थात  कोरोना भाइरसका कारण विदेशमा अलपत्र परेर स्वदेश फर्किने पर्खाइमा रहेकाहरुलाई कतार स्थित नेपाली दूतावासले अविलम्व सम्पर्क गर्न सुचित गरेको छ । दूतावासले मंगलवार एक विज्ञप्ती जारी गर्दै स्वदेश फर्किने भनेर फारम भरेकाहरुलाई राजदूतावासले छिटो सम्पर्क गरी आवश्यक पर्ने कगजात पठाउन सुचित गरेको हो ।

यस्तो छ राजदूतावासले जारी गरेको सूचना

विश्वव्यापीरूपमा फैलिएको COVID-19 को महामारीको प्रकोपबाट उत्पन्न असहज परिस्थितिमा राजदूतावासले आव्हान गरे अनुरुप कतारमा रहेका नेपाली नागरिकहरुले तथ्यांक संकलन फाराम भरी आवश्यकता अनुरुप नेपाल फर्कनुपर्ने जरुरी अवस्थाको समेत विवरण/जानकारी उपलव्ध गराउनु भएकै छ ।

यसै सिलसिलामा नेपाल सरकार, मन्त्रिपरिषदको मिति २०७७।२।१२ निर्णयबाट स्वीकृत भएको ‘कोभिड-१९ को विश्वव्यापी संक्रमणको कारणबाट उत्पन्न असहज परिस्थितिमा स्वदेश आउनै पर्ने अवस्थामा रहेका नेपाली नागरिकलाई स्वदेश आउन सहजीकरण गर्ने सम्बन्धी आदेश, २०७७‘ मा तेश्रो मुलुकबाट स्वदेश फर्कनैपर्ने नेपालीको सम्बन्धमा देहायबमोजिमका प्रावधानहरु उल्लेख छन् ।

  • अन्तरर्राष्ट्रिय हवाई उडानबाट स्वदेश आउने व्यक्तिले हवाई उडान गर्नु अघि कोभिड संक्रमण नभएको स्वास्थ्य परीक्षण (पि सी आर, आर डि टी अन्य परीक्षण) को प्रमाण साथमा राख्नु पर्नेछ ।
    नेपाल फर्किनैका लागि स्वास्थ्य परीक्षण कहाँ गर्ने भन्ने बारे निर्णय भईनसकेको वा फर्किन पाउने स्वास्थ्य परीक्षणको प्रमाणपत्र कसरी लिने भन्ने बारे थप सुचना छिट्टै आउने दुतावासले क्युएन खबरलाई बताएको छ । 
  • तेश्रो मुलुकबाट आउनेले हवाइ उडान खर्च र होटल क्वारेन्टिन खर्चलगायतका सम्पूर्ण खर्च आफैले व्यहोर्नु पर्नेछ ।

तर सम्बन्धित श्रम गन्तव्य मुलुकले वा रोजगारदाता कम्पनीले वा नेपालस्थित म्यानपावर कम्पनीले हवाई उडान, यातायात, होटल क्वारेन्टिनलगायतका खर्चमध्ये केही वा सबै खर्च व्यहोर्ने भएमा बाँकी खर्च मात्र सम्बन्धित व्यक्तिले व्यहोर्नुपर्ने छ।

  • तेश्रो मुलुकबाट आउनेले विमानस्थलबाट होल्डिंग सेन्टर हुँदै होटल क्वारेन्टिन वा स्थानीय तहले व्यवस्थापन गरेको सम्बन्धित क्वारेन्टिनसम्मको यातायात खर्च व्यक्ति स्वयमले व्यहोर्नुपर्ने पर्नेछ ।
  • तोकिएका स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड पालना गर्नु पर्नेछ ।

अत: पहिलो चरणमा देहायबमोजिम वर्गिकरणमा परेका र नेपाल फर्कन जरुरी भएका नेपालीहरुले आफूसँग भएका प्रमाणहरु सहित राजदूतावासको ईमेल ठेगाना repatriation.nepal@gmail.com मा मिति २०७७।२।२५ तदनुसार ७ जून २०२० भित्रमा ईमेल वा WhatsApp ‌+974 33560117 मा आफ्ना विवरणहरु पठाउनु हुन अनुरोध गरिएको छ।

वर्गिकरण   

सि.नं. वर्गिकरण पेश गर्नु पर्ने कागजातहरु
सुत्केरी तथा गर्भवति महिला राहदानी, भिषा वा कतार आई डी प्रतिलिपि,बच्चाको जन्मदर्ता प्रमाणपत्र, गर्भवती प्रमाणित हुने कागजात
कोभिड-१९ बाहेक अन्य कारणले गम्भिर स्वास्थ्य समस्या भएका राहदानी, भिषा वा कतार आई डी प्रतिलिपि, गम्भीर स्वास्थ्य अवस्था देखिने कागजात
अध्ययन समाप्त भएका विद्यार्थी

( ईन्टर्नशीपमा रहेका समेत)

राहदानी, भिषा वा कतार आई डी प्रतिलिपि,, अध्ययन समाप्त भएको/ईन्टर्नशीप समाप्त भएको कागजात
आफन्तको मृत्यु भई काजक्रियाका लागि नेपाल जानु पर्ने अवस्था राहदानी, भिषा वा कतार आई डी प्रतिलिपि, कन्सुलर सेवा विभागबाट प्रमाणित मृत्यु दर्ता प्रमाणपत्र
भिजिट वा बिजनेश भिषामा रहेका राहदानी र  भिषाको प्रतिलिपि
श्रम करार अवधि समाप्त भएका वा रोजगारी गुमाएका (१३ मार्च २०२० वा सो भन्दा पहिला) राहदानी, भिषा  वा कतार आई डी को प्रतिलिपि, करार अवधि समाप्त भएको वा रोजगारी गुमेको देखिने कागजात
कतार आई डी समाप्त भएका वा आई डी नै नलागेका वा भिषा समाप्त भएका (१३ मार्च २०२० सो भन्दा पहिला) राहदानी, भिषा वा कतार आई डी को  प्रतिलिपि वा भिषा समाप्त भएका देखिने कागजात

त्यसैगरी हालसम्म पनि राजदूतावासले प्रयोगमा ल्याएको रजिष्ट्रेशन फाराम नभर्नुभएका तर नेपाल फर्कन जरुरी रहेका नेपालीहरुले दूतावासको वेबसाइट र फेसबुक पेजमा राखिएको लिंक https://qa.nepalembassy.gov.np/registration-form-for-nepali-nationals-in-the-state-of-qatar/ मा गई आफ्नो विवरण भरिदिनुहुन हार्दिक अनुरोध छ । फाराम भरिसक्नु भएकाहरुको हकमा आवश्यकता अनुरुप थप जानकारी राजदूतावासबाट फोन वा सूचनामार्फत मागिनेछ ।

दूतावासलाई कसरी पठाउने कागज पत्रहरु
ईमेल : repatriation.nepal@gmail.com
व्हाटसएप : +974 33560117 (लिखित सन्देश, भोइस मेसेज र प्रमाणका कागज पत्रहरु मात्र)
फोन न. : 44675681 44171962 (समस्या वा अलमल भए मात्र)

माथि उल्लेखित वर्गिकरणमा पर्नु भएका यस अघि हवाई टिकट काटी सकेर COVID-19 को कारण नेपाल जान नसक्नु भएका कतारमै बस्नु परेकाहरुले परेकाहरुले हवाई टिकटको प्रतिलिपिसमेत पठाउन हुन अनुरोध छ ।

हवाइ उडान तथा यसका लागि लाग्ने खर्च साथै स्वदेश फर्कने प्रकृयाका बाँकी सबै जानकारी उपलब्ध हुनासाथ राजदूतावासको वेबसाइट र फेसबुक पेज मार्फत जानकारी गराइने हुँदा नेपाल फर्किने विषय लिएर राजदूतावास आईहन नपर्ने व्यहोरा सबैमा अनुरोध छ । कोभिड १९ को रोकथामका लागि कतार सरकारले जारी गरेका निर्देशनहरुको पालना गर्नुहुन तथा दूतावाससमक्ष आफ्ना कुराहरु फोन तथा इमेलमार्फत राख्नुहुन समेत सबैमा पुन: अनुरोध छ । –

२०७७/२/२० ( २ जून २०२०)

नेपाली राजदूतावास, दोहा, कतार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button