आज देखी हाइपरमार्केटमा प्रवेश गर्न तपाईंको एह्तेराज एपमा हरियो बार कोड हुनु पर्ने

केही साता देखी निकै उच्च गतीमा बढी रहेको कोरोना भाइरसको संक्रमण रोकथामका लागि भन्दै कतारका धेरै जसो हाइपरमार्केटहरूले आज देखी एह्तेराज एपमा हुने हेल्थ-कोड देखाउन ग्राहकहरु लाई अनुरोध गर्न थालेका छन् । हेल्थ-कोडमा तपाईंको रङ भने हरियो हुनुपर्ने छ ।  

एह्तेराज एप भाइरसको जोखिम पत्ता लगाउन बनाईएको एक स्मार्ट फोन एप हो । एपले भाइरस लागेका बिरामी सँग घुलमिल भएको नभएको, भाइरस बारे सतर्कता दिन, आफ्नो स्वास्थ्य स्थिती थाहा पाउन र जाँच गराउन प्राथमिकता दिने काम गर्दछ । यस् एपले भाइरस बारे जनचेतना दिने र भाइरस फैलन बाट केही हदसम्म नियन्त्रण गर्ने हुँदा कतारका प्राय हाइपरमार्केटले प्रबेश गर्दा यो एप देखाउन अनिवार्य गरेका हुन् ।

एपमा चार वटा कलर हेल्थ कोड हुन्छन् ।

  • हरियो, हरियो बार कोडले तपाईं स्वास्थ्य रहेको र तपाईंमा भाइरस छैन भन्ने बुझाउछ ।
  • खैरो, खैरो बार कोडले तपाईं भाइरसको शंकास्पद व्यक्ती भएको वा तपाईं भाइरस लागेका व्यक्ती संग घुल्मेल भएको र जांच नभएको भन्ने बुझाउछ । यस्तो अवस्थामा तपाईं घर भित्रै सुरक्षित रुपमा बस्नु पर्ने हुन्छ ।
  • पहेलो, पहेलो बार कोडले तपाईं क्वारेन्टाइनमा बसीरहेको भन्ने बुझाउछ ।
  • रातो, रातो बार कोडले तपाईमा भाइरस देखा परेको वा तपाईको नतिजा पोजेटिभ आएको भन्ने बुझाउछ ।

 

हरियो बारकोड नै किन ?
हरियो बार कोडले तपाईं स्वास्थ्य रहेको र तपाईंमा भाइरसको कुनै संक्रमण नभएको भन्ने बुझाउछ । त्यसो हुँदा तपाईंबाट अरुलाई भाइरस सर्ने सम्भावना पनि नुन्य रहन्छ ।
यही कारणले गर्दा हाइपरमार्केटहरूले एह्तेराज एपमा हुने हेल्थ-कोड हरियो हुनुपर्ने भनेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button