देशको प्राय स्थानमा मध्यम देखि भारी वर्षा

देशको प्राय स्थानमा आज बिहानैबाट मेघगर्जन सहित मध्यम देखि भारी वर्षा भएको छ ।

दोहा,वक्रा,अल वुकेर,एन खलिद,अल थकिरा,रय्यान लगायतका स्थानमा बिहान भारी वर्षा भएको थियो । अहिले पनि धेरैजसो स्थानमा हल्का वर्षा भैरहेको छ।

मौसम विभागले केही दिन अगाडी रिपोर्ट सार्वजनिक गर्दै शुक्रबारसम्म वर्षा हुने बताएको छ ।

आन्तरिक मन्त्रालय अन्तर्गतको जनसरोकार विभागले सवारी सुरक्षाको लागि आफ्नो समाजिक सन्जाल मार्फत दिएको सावधानीको उपायहरु यस्ता छन् :

१.वर्षाको समयमा सडक चिप्लो रहने हुँदा गति सिमित राख्नुहोस । बाटो संग सुहाउने गतिमा मात्र सवारी हाक्नुहोस् ।

२.साधारण अवस्थामा भन्दा चिप्लो बाटोमा ब्रेक लाग्न ३ गुणा बढी समय लाग्ने गर्दछ । त्यसैले दुई सवारी भन्दा बढीको अन्तर राख्नुहोस ।

३.वाइपरको प्रयोग गरिराख्नुहोस । सवारी भित्रको सिसामा बाफ बसेको खण्डमा एसी को प्रयोग गर्नुहोस ।

४.ओभरटेक र बारम्बार लेन बदल्ने काम नगर्नुहोस ।

५.पानी भरिएको ठाउँबाट सवारी नहाक्नुहोस । त्यस्तो ठाउँको गहिराई थाहा नहुने हुँदा दुर्घटनामा पर्ने सम्भावना बढी हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button