मार्केटहरुमा पनि अनिवार्य बन्दै एह्तेराज एप

कतारमा रहेका केही सुपरमार्केट तथा हाइपरमार्केटहरुमा एह्तेराज एप अनिवार्य भएको छ ।
ग्राहकहरुले एह्तेराज एपमा हरियो कोड देखाए मात्र प्रवेश दिने मंगलबार अल मिरा कन्जुमर गुड्स को ले मंगलबार सूचना जारी गरेको छ । कोरोनाभाइरस विरुद्ध देखिएको यो पछिल्लो कदम रहेको छ ।
त्यस्तै नेशनल एक्सचेञ्ज र मोनोप्रिक्स कतारले पनि सुचना जारी गर्दै एह्तेराज एपमा हरियो कोड देखाए मात्र प्रवेश दिने बताएको छ ।
“कोरोनाको महामारी विरुद्ध सरकारको निर्देशन अनुसार आज देखि हरियो कोड अनिवार्य भएको छ” , मोनोप्रिक्सले आफ्नो ट्विटरमा लेखेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो