आज १,९०१ जनाको रिपोर्ट पोजेटिभ,थप २ जनाको मृत्यु

कतारमा बुधबार कोरोनाभाइरसका कारण थप दुई जनाको मृत्यु भएको पुष्टि स्वास्थ्य मन्त्रालयले गरेको छ ।

स्वास्थ्य मन्त्रालयको पछिल्लो २४ घण्टाको रिपोर्ट अनुसार ५,३३९ जनालाई गरिएको परिक्षणमा आज १,९०१ जना नयाँ संक्रमित भेटिएको हो । त्यस्तै १,५०६ जनालाई निको भएको र २ जनाको मृत्यु पनि भएको छ ।

आज मृत्यु हुने ४८ र ५३ वर्षका नागरिक रहेका छन् ।पुरानै रोग बाट ग्रसित उनीहरुको आईसीयुमा उपचार भैरहेको थियो ।सरकारले संक्रमित र मृत्यु हुने नागरिकको राष्ट्रियता आजसम्म खुलाएको छैन ।

पहिलो स्वाब नतिजा पोजेटिभ आएका सामान्य बिरामीलाई १४ दिनमा डिस्चार्ज दिने विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को मार्गनिर्देशन अनुसार अपनाएको स्वास्थ्य उपचार विधिका कारण कतारमा अहिले यस रोग बाट निको हुनेको संख्या पनि दिनहुँजसो बढ्दै गैरहेको छ ।

गएको २४ घण्टा भित्रकाे तथ्यांक  

अस्पताल भर्ना भएका – २४५ जना

अस्पतालमा उपचार भैरहेका जम्मा – १,५५६जना

आईसीयुमा भर्ना भएका – १५ जना

आईसीयुमा उपचार भैरहेका जम्मा – २३७ जना

जाँच गरिएको संख्या – ५,३३९ जना

आज सम्म जाँच भएको संख्या – २,३६,४३७ जना

निको हुनेको संख्या – १,५०६ जना

आज सम्म निको हुनेको संख्या – ३७,५४२ जना

निको हुन बाँकीको संख्या – २४,५७३

आज सम्म मृत्यु हुनेको संख्या – ४५

कुल संक्रमितको संख्या – ६२,१६०

कसैमा भाइरस सम्बन्धि लक्षण देखा परे तुरुन्त १६००० मा सम्पर्क गर्न मन्त्रालयले सबैमा आग्रह गरेको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button