गर्मी बढ्ने

कतारमा केही दिन तापक्रम उकालो लाग्ने भएको छ । दक्षिणी वायुको प्रभावका कारण अबको दुई दिन तापक्रम बढी रहने मौसम विभागले ट्विटर मार्फत जानकारी दिएको छ । विभागको अनुसार केही दिन देशको विभिन्न स्थानमा उच्च तापक्रम ३७ देखि ४७ डिग्री सम्म रहनेछ ।
दोहा,मेसाईद र वाक्रामा आज तापक्रम ४७ डिग्री सेल्सियस मापन गरिएको छ । त्यस्तै बिहीवार देखि उत्तरपश्चिमी वायु सक्रिय हुने हुँदा कडा हावाहुरी संगै धुलो उड्ने विभागले बताएको छ ।
توقعات بنشاط رياح #البوارح من الخميس و حتى يوم الأحد المقبل. #قطر
Windy conditions (AlBawarih) expected from Thursday until Sunday. #Qatar pic.twitter.com/QaDTC5RKoS
— أرصاد قطر (@Qatar_Weather) June 2, 2020
यस अवधिभर समुद्री क्रियाकलाप नगर्न,सावधानी अपनाउन र मौसम बारे पछिल्लो अपडेट लिन विभागको आधिकारिक सामाजिक सन्जाल मात्र हेर्न विभागले आग्रह गरेको छ ।