निजि सवारीमा चार जना सम्म चढ्न पाउने

कतारले कोरोनाभाइरसको रोकथामका लागि लगाएको प्रतिबन्ध केही खुकुलो पारेको छ । भिडियो कन्फेरेन्स मार्फत आन्तरिक तथा प्रधानमन्त्री शेख खलिद बिन खलिफा बिन अब्दुलजिज अल थानीको नेतृत्वमा आज बसेको मन्त्री परिषदको बैठकद्वारा भोलि जुन ४ देखि देखि निजि सवारीमा चार जना सम्मलाई यात्रा गर्न दिने निर्णय भएको छ । यो नियम परिवार हुनेहरुमा भने लागू हुने छैन ।
Based on the decision of the Council of Ministers and within the framework of the preventive and precautionary measures taken in Qatar to contain the COVID-19 outbreak، permitted working hours for commercial and service activities have been specified #Qatar #YourSafetyIsMySafety pic.twitter.com/Hj6e8Clbmk
— وزارة التجارة والصناعة (@MOCIQatar) June 3, 2020
बैठक मार्फत जारी भएको अन्य निर्णयहरु
१. निजि सवारीमा ४ जना सम्मले यात्रा गर्न पाउने । परिवार हुनेहरुमा यो नियम लागू नहुने ।
२. निजि क्षेत्रले बिहान ७ देखि ८ बजे भित्रको समयमा काम गर्न पाउने ।
३. ब्यायाम गर्दा वा खेलकुद गतिविधि गर्दा मास्क लगाउन नपर्ने । तीन मिटर सम्मको दुरी भने कायम गर्नुपर्ने ।
४. बसको क्षमता भन्दा आधाले मात्र यात्रा गर्न पाउने नियम यथावत रहने ।