बिज्ञापन

कतारबाट नेपाल फर्कन फेरि नयाँ फारम भर्नुपर्ने, जानै पर्ने अवस्था भएकाले मात्रै भर्न दूतावासको आग्रह

कोरोना भाइरसका कारण उत्पन्न परिस्थिति पछि समस्यामा परेका नेपालीलाई कतार बाट स्वदेश फर्काउन नेपाली राजदूतावासले फेरि फारम भर्न आग्रह गरेको छ ।

यस अघि फारम भरेका हरुले पनि फेरि फारम भर्नु पर्ने दूतावासले जनाएको हो । यस पटक घर फर्कनै पर्ने समस्यामा परेका नेपालीले मात्रै फारम भर्नु पर्ने तर सबै समास्यामा नपरेका वा घर फर्कन नपर्नेहरुले पुन फारम भर्न आवश्यक नभएको जनाइएको छ ।

नेपाली दूतावास कतारले हिजो राती सूचना जारी गर्दै नेपाल फर्कन चाहने नेपालीको समस्या अनुसार कसले फारम भर्नु पर्ने र कसले फारम भर्नु नपर्ने तर सिधा सम्पर्क भने गर्नु पर्ने गरी दुई हिस्सामा बर्गिकरण गरेको छ । प्राथमिकताको आधारमा वर्गीकरण गरि नेपाली नागरिकलाई स्वदेश फर्काउन सजिलो होस भन्नका लागि यसो गरिएको दूतावासको द्वितीय सचिव एवं सूचना अधिकारी रिचा भट्टराईले क्युएन खबरलाई बताउनु भएको हो ।

घर जान अघि थाहा पाउनुपर्ने कुराहरु :

  • अन्तरर्राष्ट्रिय हवाई उडानबाट स्वदेश आउने व्यक्तिले हवाई उडान गर्नु अघि कोभिड संक्रमण नभएको स्वास्थ्य परीक्षण (पि सी आर, आर डि टी अन्य परीक्षण) को प्रमाण साथमा राख्नु पर्नेछ । (यस सम्बन्धमा थप जानकारी पछि उपलब्ध गराइनेछ )
  • नेपाल जाँदा लाग्ने हवाइ उडान खर्च र होटल क्वारेन्टिन खर्चलगायतका सम्पूर्ण खर्च आफैले व्यहोर्नु पर्नेछ । हवाई उडान तथा यसका लागि लाग्ने खर्च साथै स्वदेश फर्कने प्रकृयाका बाँकी सबै जानकारी उपलब्ध हुनासाथ जानकारी गराइनेछ ।
  • अन्तर्राष्ट्रिय विमानस्थलबाट होल्डिंग सेन्टर हुँदै होटल क्वारेन्टिन वा स्थानीय तहले व्यवस्थापन गरेको सम्बन्धित क्वारेन्टिनसम्मको यातायात खर्च व्यक्ति स्वयमले व्यहोर्नुपर्ने पर्नेछ ।
  • तोकिएका स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड पालना गर्नु पर्नेछ ।

घर जान क-कसले फारम भर्नुपर्ने ?

  • कतार आई डी/भिसा समाप्त भएका वा आई. डी. रद्द भएका ।
  • श्रम करार अवधि समाप्त भएका वा रोजगारी गुमाएका ।
  • वार्षिक/बेतलबी बिदामा रहेका ।

के-के कागजात बुझाउन पर्ने ?

घर जान फारम भर्न अनिवार्य भएका व्यक्तिले आफ्नो समस्या अनुसार https://forms.gle/oESHhvLbJqWtfr8s6
लिंकमा गई आफ्नो विवरण उपलब्ध गराउनु पर्ने ।

जस्तै : आईडी सकिएको फोटो ,कम्पनीले बेतलबी बिदामा राखेको सूचना आदि ।

घर जान क-कसले फारम भर्नु नपर्ने ?

१. आफन्तको मृत्यु भई काजक्रियाका लागि नेपाल जानु पर्नेहरु ।

२. कोभिड-१९ बाहेक अन्य कारणले गम्भिर स्वास्थ्य समस्या भएकाहरु ।

कसलाई सम्पर्क गर्ने ?

जिना अधिकारी /तृतीय सचिव
सम्पर्क नम्बर :  33880321


३. सुत्केरी तथा गर्भवती महिला

४. बालबालिका, ज्येष्ठ नागरिक र अपांगता

कसलाई सम्पर्क गर्ने ?
मनिषा शर्मा /तृतीय सचिव
सम्पर्क नम्बर : 66963616 


५. अध्ययन समाप्त भएका विद्यार्थी इन्टर्न समेत

६. पारिवारिक पुनर्मिलनका लागि आएका

७. पर्यटक तथा व्यापारिक भिसामा आएका

कसलाई सम्पर्क गर्ने ?
प्रवीण भट्टराई /द्वितीय सचिव
सम्पर्क नम्बर :  66950724


८. एकै कम्पनीबाट ५ भन्दा बढी व्यक्ति नेपाल फर्कनुपर्ने भएमा ती व्यक्तिले फाराम भर्नु नपर्ने ।

कसलाई सम्पर्क गर्ने ?
अलिमुद्दीन मो रसुल मिया
सम्पर्क नम्बर : 70453388


फाराम भर्दा ध्यान दिनुपर्ने कुराहरु :

    •  रोजगारदाता बाट पाउने सुविधा प्राप्त हुने सुनिश्चित गरेर मात्र फारम भर्ने ।
    • कतार सरकारको कानून बमोजिम बहन गर्नुपर्ने कुनै पनि दायित्वको कारणले नेपाल जान नमिल्ने भए व्यक्ति स्वयम जिम्मेवार हुनुपर्ने ।
    • फारम भर्दा उल्लेख गरेको विवरण प्रमाणित हुने कागजात,हवाई टिकट लिने समयमा वा दुतावासले मागेको बेला पेश गर्नुपर्ने । उक्त कागजातबाट विवरण प्रमाणित हुन नसकेमा प्राथमिकताको सूचिबाट हटाईनेछ ।
    • पुरानो फराम भर्नु भएकाहरुले पनि पुन नयाँ फारम भर्नु पर्नेछ वा माथि उल्लेखित सम्बन्धित निकायलाई सम्पर्क गर्नुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button