आज १,७०० जनाको रिपोर्ट पोजेटिभ,२ जनाको मृत्यु

कोरोनाभाइरसका कारण कतारमा शनिबार थप दुई जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ ।

स्वास्थ्य मन्त्रालयको पछिल्लो २४ घण्टाको रिपोर्ट अनुसार ५,०२९ जनालाई गरिएको परिक्षणमा आज १,७०० जना नयाँ संक्रमित भेटिएको छ । त्यस्तै १,५९२ जनालाई निको भएको छ ।

कतारमा यो संगै भाइरस बाट ज्यान गुमाउनेको संख्या ५१ पुगेको छ । सरकारले संक्रमित र मृत्यु हुने नागरिकको राष्ट्रियता आजसम्म खुलाएको छैन ।

पहिलो स्वाब नतिजा पोजेटिभ आएका सामान्य बिरामीलाई १४ दिनमा डिस्चार्ज दिने विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को मार्गनिर्देशन अनुसार अपनाएको स्वास्थ्य उपचार विधिका कारण कतारमा अहिले यस रोग बाट निको हुनेको संख्या पनि दिनहुँजसो बढ्दै गैरहेको छ ।

गएको २४ घण्टा भित्रकाे तथ्यांक  

अस्पताल भर्ना भएका – १९३ जना

अस्पतालमा उपचार भैरहेका जम्मा – १,६३६ जना

आईसीयुमा भर्ना भएका – १५ जना

आईसीयुमा उपचार भैरहेका जम्मा – २३८ जना

जाँच गरिएको संख्या – ५,०२९ जना

आज सम्म जाँच भएको संख्या – २,५१,३९१  जना

निको हुनेको संख्या – १,५९२ जना

आज सम्म निको हुनेको संख्या – ४२,५२७ जना

निको हुन बाँकीको संख्या – २४,६१७

आज सम्म मृत्यु हुनेको संख्या – ५१

कुल संक्रमितको संख्या – ६७,१९५

कसैमा भाइरस सम्बन्धि लक्षण देखा परे तुरुन्त १६००० मा सम्पर्क गर्न मन्त्रालयले सबैमा आग्रह गरेको छ ।

यो पनि पढौ : दूतावासको नयाँ फारम : नेपाल फर्कन कसले भर्नुपर्ने ,कसले नपर्ने ?

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button