लेबनानको घटनाप्रति अमिरद्वारा शोक व्यक्त

अमिर शेख तमीम बिन हमद अल-थानीले हिजो लेबनानका राष्ट्रपति जनरल मिशेल अउनसँग टेलिफोन सम्पर्क गर्नुभएको छ । छलफल क्रममा बेइरुत बन्दरगाहमा भएको विष्फोटको शिकार भएकाहरूप्रति तथा भातृ लेबनानी जनताप्रति अमिरले गहिरो शोक व्यक्त गर्नुभएको छ ।

लेबनानको साथ कतारको एकता रहेको र विस्फोटक प्रभावहरूलाई कम गर्न आवश्यक सबै प्रकारका सहयोग प्रदान गर्न कतार इच्छुक रहेको अमिरले बताउनुभएको छ । यता लेबनानका राष्ट्रपतिले कतारको अडान र लेबनानलाई निरन्तर गरेको सहयोगका लागि धन्यवाद व्यक्त गरेका छन् ।

लेबननको राजधानी बेइरुतमा हिजो भएको ठूलो विस्फोटनमा कम्तीमा १०० जनाले ज्यान गुमाएको र ४,००० भन्दा बढी घाइते भएका छन्।

अधिकारीहरूले एउटा गोदाममा ६ वर्षदेखि राखिएको विस्फोटक पदार्थका कारण उक्त घटना घटेको बताइरहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button