आज १,३६८ जनाको रिपोर्ट पोजेटिभ,३ को मृत्यु

गत चौबिस घण्टामा देशभर थप १,३६८ जनामा कोरोना भाइरस संक्रमण र ३ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

यो संगै कतारमा भाइरस संक्रमण पुष्टि भएको कुल संख्या ७०,१५८ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयको पछिल्लो २४ घण्टाको रिपोर्ट अनुसार ४,११३ जनालाई गरिएको परिक्षणमा आज १,३६८ जना नयाँ संक्रमित भेटिएको छ । त्यस्तै १,५९७  जनालाई निको भएको छ ।

कतारमा यो संगै भाइरस बाट ज्यान गुमाउनेको संख्या ५७ पुगेको छ । आज मृत्यु हुने तीन जना ५०,५२ र ६९ वर्षिय व्यक्तिहरु रहेका छन् । सरकारले संक्रमित र मृत्यु हुने नागरिकको राष्ट्रियता आजसम्म खुलाएको छैन ।

पहिलो स्वाब नतिजा पोजेटिभ आएका सामान्य बिरामीलाई १४ दिनमा डिस्चार्ज दिने विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को मार्गनिर्देशन अनुसार अपनाएको स्वास्थ्य उपचार विधिका कारण कतारमा अहिले यस रोग बाट निको हुनेको संख्या पनि दिनहुँजसो बढ्दै गैरहेको छ ।

गएको २४ घण्टा भित्रकाे तथ्यांक  

अस्पताल भर्ना भएका – १७९ जना

अस्पतालमा उपचार भैरहेका जम्मा – १,६०३ जना

आईसीयुमा भर्ना भएका – १९ जना

आईसीयुमा उपचार भैरहेका जम्मा – २४१ जना

जाँच गरिएको संख्या – ४,११३ जना

आज सम्म जाँच भएको संख्या – २,५९,६४६  जना

निको हुनेको संख्या – १,५९७ जना

आज सम्म निको हुनेको संख्या – ४५,९३५ जना

निको हुन बाँकीको संख्या – २४,१६६

आज सम्म मृत्यु हुनेको संख्या – ५७

कुल संक्रमितको संख्या – ७०,१५८

कसैमा भाइरस सम्बन्धि लक्षण देखा परे तुरुन्त १६००० मा सम्पर्क गर्न मन्त्रालयले सबैमा आग्रह गरेको छ ।

यो पनि पढौ : दूतावासको नयाँ फारम : नेपाल फर्कन कसले भर्नुपर्ने ,कसले नपर्ने ?

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button