अगष्ट १ देखि कतार आउन पाउने

कोरोनाभाइरस महामारीको जोखिम कम गर्न कतारमा विभिन्न क्षेत्रमा लाग्दै आइरहेको प्रतिबन्ध तीन महिना भित्र क्रमिक रुपले हट्ने भएको छ । भाइरस विरुद्धको आवश्यक सावधानी यथावत राख्दै सेप्टेम्बर सम्म जनजीवन पुन सामान्य बन्ने विपत्ति व्यबस्थापन समितिका प्रवक्ता लोल्वाह बिन्त रशिद अल खतेरले आजको पत्रकार सम्मेलन मार्फत जानकारी दिनुभएको छ ।
“दैनिक गतिविधि अनिश्चितकाल सम्म बन्द गर्न सकिदैन,अब बिस्तारै प्रतिबन्ध फुकुवा गर्ने बेला आएको छ”, खतेरले बताउनुभएको छ ।
प्रतिबन्ध चार चरणमा हट्ने कतार सरकारले तयारि गरेको छ । पहिलो चरणमा मस्जिदहरु जुन १५ देखि खुला गरिनेछ । त्यस्तै स्थिति सामान्य बन्दै गए जुलाई १ मा दोस्रो, अगष्ट १ मा तेस्रो र सेप्टेम्बर १ मा सबै प्रतिबन्ध हट्नेछ ।
यी चरण बीच यातायात,निजि बोट ट्रिप र महत्वपूर्ण विदेश यात्राको प्रतिबन्ध हटाईनेछ। विदेश बाट कतार आउने सबै यात्रुले अनिवार्य रुपमा १४ दिनसम्म क्वारेन्टाइनमा बस्नुपर्नेछ ।
भाइरस बाट कम संक्रमित देशका नागरिकलाई अगष्ट १ देखि कतार प्रवेश गर्न दिइनेछ ।
प्रतिबन्ध हटेपनि सामाजिक दुरी कायम राख्नुपर्ने र सार्वजनिक क्षेत्रमा प्रवेश पाउन अनिवार्य रुपमा एह्तेराज एप प्रयोग गर्नुपर्नेछ ।
थप समाचार अपडेट हुँदै……………………