कतारले चार चरणमा प्रतिवन्ध हटाउने

कोरोनाभाइरसका कारण कतारमा विभिन्न क्षेत्रमा लगाईएको प्रतिवन्ध क्रमिक रुपमा हट्दै जाने भएको छ । विपत्ति व्यवस्थापन समितिका प्रमुख लोल्वाह अल खतेरले हिजो गरिएको पत्रकार सम्मेलन मार्फत सबै कुरा सामान्य बन्दै गए प्रतिवन्ध सेप्टेम्बर महिना भित्र हट्ने जानकारी दिनुभएको छ ।

कतारले चार चरणमा प्रतिवन्ध हटाउने योजना अघि सारेको छ । योजना पहिलो जुन १५ तारिक देखि सेप्टेम्बर सम्म चरनबद्द रुपमा लागू गरिनेछ तर त्यसका लागि भाइरसको जोखिम कम हुँदै स्थिति भने सामान्य बन्दै जानुपर्नेछ । स्थिती सामान्य नबने सरकारले यो योजना हेरफेर गर्ने बताएको छ ।

पहिलो चरण – जुन १५

१. सिमित मस्जिदहरु मात्र खुल्ने ।
२. आवश्यक सावधानी अपनाएर कार्यस्थलमा २० प्रतिशत कामदारले काम गर्न पाउने ।
३.निजि डुङ्गा चलाउन पाउने, अति आवश्यक हुनेलाई मात्र कतार बाहिरीन दिने,कतार फर्कनेले आफ्नै खर्चमा तोकिएको होटलमा १४ दिन क्वारेन्टाइन बस्नुपर्ने ।
४. आकस्मिक सेवा संगै निजि मेडिकलले ४० प्रतिशत सेवा संचालन गर्न पाउने ।
५. व्यायामका लागि केही पार्कहरु खुल्ने । त्यस्तो स्थानमा १२ वर्ष भन्दा कम बालबालिकालाई निषेध गरिने ।
६. ३०० वर्ग मिटर भन्दा माथिका केही सपिङ सेन्टर ३० प्रतिशतले खुल्न दिने ।
७.  खुला क्षेत्रमा खेलकुद अभ्यास गर्न पाइने । ठुलो हल भित्र ५ जना भन्दा कम खेलाडीलाई खेल्न अनुमति दिइने ।

दोस्रो चरण – जुलाई १

१. सिमित समयका लागि मलहरु खुल्न दिइने ।
२. मार्केट तथा होलसेल मार्केट सिमित समयका लागि खुल्न दिइने ।
३. कम मानिस जम्मा हुने केही रेस्टुरेन्टहरु खुल्ने ।
४. संग्रहालय र लाइब्रेरी सिमित मानिसका लागि सिमित समयका खोलिने ।
५. आवश्यक सावधानी अपनाएर कार्य क्षेत्रमा ५० प्रतिशत कामदारले काम गर्न पाउने ।
६. निजि मेडिकलहरु ६० प्रतिशत क्षमताले खुल्न पाउने ।
७. एउटै परिवारका १० जना सम्म भएर डुङ्गा चलाउन पाउने ।
८. सम्पूर्ण पार्क,बिच तथा कर्नेश खुल्ने ।
९. १० जना भन्दा कमले खुला क्षेत्रमा तथा जिम सेन्टरमा अभ्यास गर्न पाउने ।

तेस्रो चरण – अगस्ट १

१. १४ दिन क्वारेन्टाइनमा बस्ने गरि प्राथमिकतामा रहेका यात्रुहरु कतार आउन पाउने । जस्तै : आप्रवासी कामदार ।
२. सम्पूर्ण सपिङ सेन्टरहरु खुल्ने ।
३. होलसेल मार्केटहरु सिमित क्षमता संगै सिमित समयका लागि खुल्ने ।
४. ग्राहक बढाएर केही रेस्टुरेन्टहरु खुल्न दिने ।
५. ड्राइभिङ स्कुलहरु खुल्न दिने ।
६. नर्सरी र चाइल्ड केयर सेन्टर खुल्ने, शैक्षिक सस्था भने सेप्टेम्बर देखि मात्र खुल्ने ।
७. सावधानी अपनाएर ८० प्रतिशत कामदारले काम गर्न पाउने ।
८. ५० प्रतिशत ग्राहक क्षमता घटाएर हेल्थ क्लब,जिम सेन्टर,स्विमिङ पुल,ब्युटि पार्लर,मसाज सेन्टर र सैलुन खोल्न पाउने । दर्शक बिना खेलकुद प्रतियोगिता आयोजना गर्न पाउने ।
९. निजि मेडिकलहरु ८० प्रतिशत क्षमताले खुल्न पाउने ।

चौथो चरण – सेप्टेम्बर १ 

१.सम्पूर्ण सपिङ सेन्टरहरु खुल्ने ।
२. सम्पूर्ण होलसेल मार्केट खुल्ने ।
३. रेस्टुरेन्टहरु पूरा रुपमा खुल्ने ।
४. संग्रहालय र लाइब्रेरी खुल्ने ।
५. सावधानी आनाएर १०० प्रतिशत कामदारले काम गर्न पाउने ।
६. निजि मेडिकलहरु पूर्ण रुपमा खुल्ने ।
७. ठुलो डुङ्गा चल्न पाउने ।
८. सावधानी अपनाएर उडान विभिन्न देशमा विस्तार हुने ।
९. सिमित मात्रामा सार्वजनिक सवारी साधन चल्ने । जस्तै : मेट्राे, बस आदि ।
१०. शैक्षिक संस्था खुल्ने ।
११. दर्शक सहित खेलकुद प्रतियोगिता आयोजना गर्न पाउने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button