जून १५ देखि अगष्ट ३१ सम्म बाहिर घाममा काम लगाउन नपाउने

क्युएनए
प्रशासनिक विकास श्रम तथा सामाजिक मामिला मन्त्रालयले यो वषर्को गर्मी महिनाका लागि पछिल्लो बर्षहरु झै कार्य समय तोकेको छ । नियम कार्यन्वयन मन्त्रालयको २०१७ को निर्णय नं १६ अन्तर्गत खुल्ला कार्यक्षेत्रमा काम गर्ने कामदारहरुमा जून १५ देखि अगष्ट ३१ सम्मका लागि लागू हुनेछ ।
नियम खुल्ला कार्यक्षेत्र वा सिधा घाममा काम गर्न पर्ने कामदारहरुको लागि मात्र लागु हुनेछ । यस्ता कार्यक्षेत्रमा काम गराउने कम्पनीले दिउँसो ११ः३० बजे देखि अपरान्ह ३ बजे सम्मका लागि काम बन्द गर्नपर्नेछ। साथै कार्य समय तालिकाको सूचनापत्र कामदारले र श्रम निरिक्षकले निरिक्षण गर्न आएको बेला सजिलै देख्नेगरि टासिएको हुनुपर्नेछ ।
मन्त्रालयले कम्पनीहरुलाई नियमको कदर गर्न आग्रह गरेको छ । त्यस्तै नियम उल्लघंन गर्ने कम्पनीलाई कम्तीमा १ महिना सम्मको लागि बन्द गर्ने चेतावनी समेत दिएको छ । साथै मन्त्रालयको सम्बन्धित कर्मचारी जति बेला पनि निरिक्षणका लागि आउन सक्ने मन्त्रालयले जानकारी दिएको छ ।
The Ministry requests owners of institutions & companies who are subject to provisions of Labour Law promulgated by Law No (14) of 2004 to comply with Ministerial Resolution No (16) of 2007 to specify working hours in exposed/outdoor places during summer from 15 June to 31 August pic.twitter.com/4Ijb22mdaC
— وزارة التنمية والعمل (@ADLSAQa) June 9, 2020
उजुरी कहाँ गर्ने ?
प्रशासनिक विकास,श्रम तथा सामाजिक मामिला मन्त्रालय
डिप्लोमेटिक एरिया,डल्फिन टावर संगै,दोहा
फोन नं +९७४-१६००८, हटलाइन नं ४४२४११०१
मन्त्रालयको- फेसबुक