फारम भर्नेहरू जुन १६ को पहिलो उडानमा जान नपाउने,भाडा घटाउन दूतावासको छलफल जारी

कोरोना भाइरसबाट उत्पन्न विभिन्न समस्याका कारण नेपाल फर्कनका लागि कतारस्थित दूतावासले जारी गरेको फारम भर्नेहरू जुन १६ को पहिलो उडानमा जान नपाउने भएका छन् । झन्डै २५० भन्दा बढी डिपोर्टेसन सेन्टरमा रहेकाहरु तथा उडान प्रतिवन्ध भएर जान नपाएका शवहरु मात्र पहिलो उडानमा लैजाने तयारी भैरहेको दूतावासले क्युएन खबरलाई जानकारी दिएको छ । नेपाल फर्कन फारम भरेकाहरुको नामावली दूतावासले आफ्नो फेसबुकमा प्रकाशित पनि गरेको छ।

नेपाल जान फारम भरेकाहरुको नामावली हेर्न यहाँ थिच्नुहोस ।

फारम भरेका आठ हजार बढीमध्ये बाट रोजगार गुमाएका गर्भवती महिला, बिरामी लगायत प्राथमिकता परेका ६ हजार सम्मलाई भने दोस्रो उडान देखि पठाउने दुतावासले तयारी गरेको छ । त्यस्तै कतारी आईडी सकिएर बसेकाहरुले यहाँको आन्तरिक मन्त्रालय बाट सफाई पाएपछि मात्र नेपाल जान पाउने हुँदा त्यस्ता समस्या भएकालाई बिना झन्झट नेपाल पाठईदिन दूतावासले पहल गरिरहेको जनाएको छ ।

कतारमा भाइरस जाँच गर्न निजि स्वास्थ्य संस्थामा सुविधा नभएको स्थितिमा दूतावासले आरडिटि/पिसिआर परिक्षणका लागि यहाँको सरकार संग विशेष अनुमति पनि मागिएको राजदूत नारद नाथ भारद्वाजले जानकारी दिनुभएको छ ।

चर्को भाडादरको गुनासो आइरहेको बेला दुतावासले यस बारे पर्यटन मन्त्रालय संग पनि छलफल गरिरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button