भोलि देखि मल तथा सपिङ सेन्टरहरु दिनको १२ घण्टा सम्म खोल्न पाउने

कतारले सुरु गरेको पहिलो चरणको प्रतिवन्ध फुकुवा अन्तर्गत मल तथा सपिङ सेन्टरहरु दिनको १२ घन्टा सम्म खुल्न पाउने भएको छ । पहिलो चरण भोलि जुन १५ तारिक बाट सुरु हुँदैछ । उद्योग तथा वाणिज्य मन्त्रालयले हिजो सूचना प्रकाशित गर्दै बन्द रहेका मल तथा सपिङ सेन्टरहरु बिहान ८ देखि बेलुका ८ बजे सम्म खुल्न पाउने जनाएको छ । यद्यपि ती पसलहरु शुक्रबार र शनिबार भने बन्द नै गर्न मन्त्रालयले बताएको छ ।

कतार सरकारले चार चरणमा कोरोनाभाइरसका कारण विभिन्न क्षेत्रमा लागेको प्रतिवन्ध हटाउने निर्णय गरिसकेको छ । अवस्था सामान्य बन्दै गए दोस्रो जुलाई १५,तेस्रो अगस्ट १ र अन्तिम सेप्टेम्बर १ सम्म सबै प्रतिवन्ध हट्नेछ ।

मल तथा सपिङ सेन्टरले पालना गर्नुपर्ने नियमहरु :

● एह्तेराज एपमा हरियो रङ्गको कोड देखाए मात्र प्रवेश दिनुपर्ने ।
● मेडिकल मास्क प्रयोग नगरे भित्र छिर्न नदिने र मल भित्र रहुन्जेल मास्क लगाईराख्न सल्लाह दिनुपर्ने ।

● १२ वर्ष भन्दा कम र ६० वर्ष भन्दा माथिका ग्राहकलाई प्रवेश दिन नहुने ।

● सम्पूर्ण ग्राहकको ज्यानको तापक्रम जाँच गर्नुपर्ने र ३८ डिग्री भन्दा माथी आउने व्यक्तीलाई भित्र छिर्न नदिने ।

● मल भित्रको विभिन्न स्थानमा स्यानिटाइजर उपलब्ध गराउनुपर्ने र दुई मिटरको दुरि राख्न अनुरोध गर्नुपर्ने ।

● पार्किङ क्षेत्र ५० प्रतिशतले घटाउन पर्ने । ३० प्रतिशत सम्मको सेवा मात्र दिनुपर्ने ।

● धूम्रपान गर्न निषेध गर्नुपर्ने ।

● ग्राहक तथा लिमोजिम/ट्याक्सी चालकले मल अगाडि भिड गर्न नपाउने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button