आज १,१८६ जनामा भाइरस देखियो,थप ३ जनाको मृत्यु

स्वास्थ्य मन्त्रालयले आइतबार १,१८६ जनामा कोरोनाभाइरस संक्रमण र १,६४६ जनालाई निको भएको पुष्टि गरेको छ ।

भाइरसका कारण आज ३ जनाले ज्यान पनि गुमाएका छन् । यो संगै कतारमा भाइरस संक्रमण पुष्टि भएको कुल संख्या ७९,६०२ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयको पछिल्लो २४ घण्टाको रिपोर्ट अनुसार ३,८८४ जनालाई परिक्षण गरिएको थियो ।

कतारमा हालसम्म भाइरस बाट ज्यान गुमाउनेको संख्या ७३ रहेको छ र निको हुनेको संख्या ५६,८९८ पुगेको छ । सरकारले संक्रमित र मृत्यु हुने नागरिकको राष्ट्रियता आजसम्म खुलाएको छैन ।

पहिलो स्वाब नतिजा पोजेटिभ आएका सामान्य बिरामीलाई १४ दिनमा डिस्चार्ज दिने विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को मार्गनिर्देशन अनुसार अपनाएको स्वास्थ्य उपचार विधिका कारण कतारमा अहिले यस रोग बाट निको हुनेको संख्या पनि दिनहुँजसो बढ्दै गैरहेको छ ।

गएको २४ घण्टा भित्रकाे तथ्यांक  

अस्पताल भर्ना भएका – १४३ जना

अस्पतालमा उपचार भैरहेका जम्मा – १,२२९ जना

आईसीयुमा भर्ना भएका – १३ जना

आईसीयुमा उपचार भैरहेका जम्मा – २३१ जना

आज सम्म जाँच भएको संख्या – २,९०,७१४ जना

निको हुन बाँकीको संख्या – २२,६३१ जना

कसैमा भाइरस सम्बन्धि लक्षण देखा परे तुरुन्त १६००० मा सम्पर्क गर्न मन्त्रालयले सबैमा आग्रह गरेको छ ।

भाइरस जाँच्न हुने मुख्य चार स्थानहरु :

१. मुऐथर हेल्थ सेन्टर

२. रव्दत अल खेल हेल्थ सेन्टर

३. उम स्लाल हेल्थ सेन्टर

४. अल घराफा हेल्थ सेन्टर

यो पनि पढौ : दूतावासको नयाँ फारम : नेपाल फर्कन कसले भर्नुपर्ने ,कसले नपर्ने ?

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button