नेपाल जान थाहा पाउनुपर्ने कुराहरु (सम्पूर्ण विवरण सहित)

कोरोनाभाइरसको महामारीले निम्त्याएको विभिन्न समस्याको कारण कतारबाट नेपाल फर्कनैपर्ने व्यक्तिहरुका सम्बन्धमा कतारस्थित नेपाली दूतावासले सम्पुर्ण विवरणका साथ आज सूचना जारी गरेको छ । नेपाल जान झन्झटिलो रहेको पिसिआर रिपोर्टको प्रमाणपत्रको बदला एह्तेराज एपको हरियो कोड भए हुने दूतावासले बताएको छ । दूतावासको आजको सुचना बमोजिम नेपाल जान नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्स उडानको भाडा १,४२७ कतारी रियाल रहेको तोकिएको छ ।

पिसिआर रिपोर्ट कसरी बनाउने ?

कतारमा अहिलेको समयमा निजी स्वास्थ्य संस्थाहरुलाई कोराना परीक्षण गर्ने अनुमति दिईएको छैैन । तसर्थ रिपोर्ट बनाउन सम्भव नभएकोले एह्तेराज एप भए पुग्ने दूतावासले जनाएको छ । हमाद विमानस्थलमा यात्रुको ज्वरो र एपको हरियो कोड जाँच गरिने हुँदा त्यसै अनुरुप आफ्नो फोनमा आइडी नम्बर हालेर एप दर्ता गर्न दूतावासले आग्रह गरेको छ ।

कति तारिक कुन उडानमा जान पाउने ?

दूतावासले जारी गरेको फारम भरेकाहरु मध्ये बाट प्राथमिकताको आधारमा यात्रुहरु यात्रा तयार गरिएको छ ।

क. २० जुन २०२० को नेपाल एयरलाइन्सको उडानमा यात्रा गर्ने सम्भावित यात्रुहरुको नामावली  ।

(https://drive.google.com/file/d/1VTvfyzDsxrcTy7gRKXUMH9443QhYTFmI/view?usp=sharing)

ख. २२ जुन २०२० को हिमालयन एयरलाइन्समा यात्रा गर्ने सम्भावित यात्रुहरुको नामावली

(https://docs.google.com/spreadsheets/d/1wu7UdMHqkypJakjtaODMSny570GoL5n_DnhDiaGJ7FE/edit?usp=sharing)

ग. २४ जुन २०२० को हिमालयन एयरलाइन्समा यात्रा गर्ने सम्भावित यात्रुहरुको नामावली

(https://docs.google.com/spreadsheets/d/1wu7UdMHqkypJakjtaODMSny570GoL5n_DnhDiaGJ7FE/edit?usp=sharing)

घ. नेपाल एयरलाइन्सको दोस्रो उडानमा यात्रा गर्ने सम्भावित यात्रुहरुको नामावली । यो सूचीमा परेका व्यक्तिहरु कतारको सम्बन्धित निकायबाट Clearance प्राप्त भएपछि मात्र उडान गर्न पाउनेछन् ।

(https://docs.google.com/spreadsheets/d/1Z8UxWKEwSCi0HmMkRje27ESdCiv9ptuC2bWb1II_Yp8/edit?usp=sharing)

हवाई टिकटका लागि सम्पर्क गर्नुपर्ने आधिकारिक ट्राभल एजेन्ट

क) नेपाल एयरलाइन्सको लागि

Fahd Travels, Jaida Towers (Sales & Reservation )

Abdul Hafeez , Mob +974 70665648, Kashi Dhamala, Mob +9746675150

Tel +974 44318080 Fax +974 44214744 Email: doh.sales@nac.com.np, nepalairlinessales@fahdtravels.com

ख) हिमालय एयरलाइन्सको लागि

Cleopatra Travels, Doha, Roshan Thakur: 33486465 Tel+974 44435333

Roshanthakur75@gmail.com, Roshan@cleopatraholidays.com

सूचीमा उल्लेख भएका व्यक्तिहरु तोकिएको उडानमा सिट क्षमता नपुग भई उडान गर्न नसकेमा एयरलाइन्सले क्रमशः अर्को उडानमा समावेश गर्दै लैजाने छ । त्यसैगरी पर्याप्त यात्रु नपुगेमा एयरलाइन्सले त्यसपछिका उडानका यात्रुलाई समावेश गर्न सक्नेछ ।

राजदूतावासको नेपाल फर्किनका लागि रजिष्ट्रेशन फाराम भरेका र विभिन्न माध्यमबाट नाम लेखाएका अन्य व्यक्तिहरुको हकमा प्राथमिकताको आधारमा थप उडानहरु तोकिएपछि अर्को सूचना प्रकाशन गरिनेछ ।

अझै के गर्नुपर्ने ?

http://ccmc.gov.np/doc_upload/nepal_return_form.pdf लिंकबाट डाउनलोड गरी दुई प्रति व्यक्तिगत विवरण फारम भरेर साथमा राख्नुपर्नेछ । यात्रा शुरु हुनु ४ घण्टा अगावै यात्रुले हवाई टिकट, राहदानी, भिसा तथा कतार आईडी लगायत व्यक्तिगत विवरण भरेको फाराम साथमा लिई हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा पुगिसक्नु पर्नेछ । फाराम उल्लेखित ट्राभल एजेन्सीमा समेत प्राप्त गर्न सकिनेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button