कतारबाट आज २० नेपालीको शव लगियो

वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका २० जना नेपालीको शव शुक्रबार कतारबाट नेपाल लगिदैछ । ती शवहरु लिएर कतार एयरलाइन्स आज बिहान ५:३० बजे उडेको थियो भने नेपाल करिब नेपाली समय दिउँसो १२ बजे त्रिभुवन विमानस्थलमा अवतरण हुने छ। कतार एयरलाइन्सले ४३ जना नेपाली पनि लिएर गएको छ ।

उनीहरुलाई कतार सरकार आफैले पठाएको हो। कतार एयरलाइन्सले १२० यात्रु पनि लैजाने कुरा थियो तर स्वास्थ्य परीक्षणको कारण उनिहरु रोकिएका छन्।

वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका नेपालीको शव यति ठूलो संख्यामा एकैपटक नेपाल ल्याउन लागिएको सम्भवत यो पहिलोपटक हो।

नेपालको वैदेशिक रोजगार बोर्डका अनुसार कतार एयरलाइन्समा कपिलबस्तुको दोहनीका महमुद अलमान मुसलमान, सर्लाहीको हरिवनका मुस्ताक साइक, सिराहाको परासीका रुपेशकुमार मण्डल, लमजुङको धोदेनीका कुम्बा तामाङ, बाँकेको रझेनाका भक्तबहादुर थापामगर, सप्तरीको लोहताराका राजेन्द्रप्रसाद भण्डलको शव नेपाल लिएर गएको छ।

यसैगरि मोरङको कोसी हरैँचाका युवराज अधिकारी, भोजपुरको देउरालीका मीनबहादुर थापा, सुर्खेतको सहारेका नरबहादुर कामी, भोजपुरको टुंगेचाका मंगलबहादुर तामाङ, बर्दियाको मोतिपुरका सुकराम थारु, सर्लाहीको इश्वरपुरका अरुणकुमार पजियार, महोत्तरीको दम्हीका शिवशंकर राउत, धनुषाको भरतपुरका चुतर्वा मण्डल, मकवानपुरको भीमफेदीका जितेन्द्र थापामगर, रुपन्देहीको देवदहका यामबहादुर थापा, सिराहाको सुखचैनाका कासिदेव यादब, सर्लाहीको सधोवाका पासवान र महोत्तरीको औरहीका अनिल चौधरीको शव पनि कतार एयरलाइन्सले शुक्रबार नेपाल पुर्याउने छ।

यो नि पढौं

नेपाल जान थाहा पाउनुपर्ने कुराहरु

जुन २० तारिख कतारबाट पहिलो उद्दार उडान हुने

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button