कतारमा कोरोनाभाइरस : एकै दिन ७ जनाको ज्यान गयो

गएको २४ घण्टामा कतारमा १,०२१ जनालाई कोरोनाभाइरस संक्रमण र १,७६७ जनालाई निको भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ ।
भाइरसका कारण आज अहिले सम्मकै बढी ७ जनाले गुमाएका छन् । यो संगै कतारमा भाइरस संक्रमण पुष्टि भएको कुल संख्या ८५,४६२ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयको पछिल्लो २४ घण्टाको रिपोर्ट अनुसार ३,८३१ जनालाई परिक्षण गरिएको थियो ।
कतारमा हालसम्म भाइरस बाट ज्यान गुमाउनेको संख्या ९३ रहेको छ र निको हुनेको संख्या ६५,४०९ पुगेको छ । सरकारले संक्रमित र मृत्यु हुने नागरिकको राष्ट्रियता आजसम्म खुलाएको छैन ।
पहिलो स्वाब नतिजा पोजेटिभ आएका सामान्य बिरामीलाई १४ दिनमा डिस्चार्ज दिने विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को मार्गनिर्देशन अनुसार अपनाएको स्वास्थ्य उपचार विधिका कारण कतारमा अहिले यस रोग बाट निको हुनेको संख्या पनि दिनहुँजसो बढ्दै गैरहेको छ ।
آخر مستجدات فيروس كورونا في قطر
Latest update on Coronavirus in Qatar#سلامتك_هي_سلامتي #YourSafetyIsMySafety pic.twitter.com/4urVJtcK3I— وزارة الصحة العامة (@MOPHQatar) June 19, 2020
गएको २४ घण्टा भित्रकाे तथ्यांक
अस्पताल भर्ना भएका – १६०जना
अस्पतालमा उपचार भैरहेका जम्मा – १,१५७ जना
आईसीयुमा भर्ना भएका – १६ जना
आईसीयुमा उपचार भैरहेका जम्मा – २२१ जना
आज सम्म जाँच भएको संख्या – ३,१३,५०१ जना
निको हुन बाँकीको संख्या – १९,९६० जना
कसैमा भाइरस सम्बन्धि लक्षण देखा परे तुरुन्त १६००० मा सम्पर्क गर्न मन्त्रालयले सबैमा आग्रह गरेको छ ।
भाइरस जाँच्न हुने मुख्य चार स्थानहरु :
१. मुऐथर हेल्थ सेन्टर
२. रव्दत अल खेल हेल्थ सेन्टर
३. उम स्लाल हेल्थ सेन्टर
४. अल घराफा हेल्थ सेन्टर