कतारबाट १५० नेपाली स्वदेश फिर्ता हुँदै

कतार बाट आज हुने उद्दार उडान मार्फत १ सय ५० नेपाली स्वदेश फर्किने भएका छन । आज राती १२:४५ बजे नेपाल एयरलायन्स मार्फत स्वदेश फर्काइने दूतावासले जनाएको छ ।

आजको उडानमा ८२ महिला, ३ नबालक र अन्य पुरुष रहेको जनाइएको छ । अर्को उडान २२ तारिक र २४ तारिकमा हिमालयन एयर लाइन्स मार्फत हुने कतार स्थित नेपाली राजदुतावासका दितिय सचिब प्रबिण भट्टराईले क्युएन खबरलाई जानकारी दिनु भयो ।

दुताबासको फारम भरेका मध्य पहिलो प्राथमिकतामा परेका उनी हरुको आज स्वदेश फिर्ती हुन लागेको जनाइएको छ ।

यस अघि कतार सरकार आँफैले ४३ आममाफी पाएका नेपाली सहित २० नेपालीको शब नेपाल पठाएको थियो ।

यस उडान पछि तत्काल दोस्रो उडान बारे तयारी गरिने भट्टराईले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button