सुर्ती,सुपारी र गुट्खा बरामद

कतारको भन्सार विभागका कर्मचारीले हमाद बन्दरगाहबाट ठुलो मात्रामा सुर्ती,सुपारी र गुट्खा बरामद गरेको छ ।
एक्सरे मेसिन मार्फत समान जाँच्ने क्रममा काठको बक्स भित्र सुर्तीजन्य पदार्थ लुकाएर ल्याइएको पत्ता लागेको थियो।
विभागले दिएको सूचना अनुसार ११९ केजी सुपारी,२२० केजी बिमल गुट्खा र बाँकि सुर्ती बरामद भएको छ ।
केहि दिन अघि मात्र विभागले सात हजार केजी भन्दा बढी सुर्ती बरामद गरेको थियो ।
कतारमा सुर्ती सेवन तथा त्यसको किनबेच अवैध मानिन्छ।