कतारबाट दोस्रो उडान, १४५ जना स्वदेश फर्कदै

कोरोना भाइरसका कारण रद्द भएको हवाई उडान पछि समस्यामा परेका नेपालीको अहिले कतार बाट दोस्रो उद्दार उडान हुने तयारी भैरहेको छ ।
मंगलवार बिहान २ बजे हिमालयन एयरलाइन्सको एच ९५६३२ को जहाज मार्फत १ सय ४५ जना नेपाल फर्कदै छन् । यस् उडानमा ६१ महिला, ३, ७ र ८ वर्षका तीन बालबालिका र बाँकी ८१ पुरुष रहेरहेका जनाइएको छ । उनिहरु करिब नेपाली समय बिहान १० बजे नेपाल पुग्नेछन् ।
अब अर्को उडान २४ तारिकमा फेरी हिमालयन एयरलाइन्स मार्फत हुने कतार स्थित नेपाली राजदुतावासका द्वितीय सचिव प्रबिण भट्टराईले क्युएन खबरलाई जानकारी दिनु भयो ।
दुताबासको फारम भरेका मध्य पहिलो प्राथमिकतामा परेका उनी हरुको स्वदेश फिर्ती हुन लागेको जनाइएको छ । यस अघि कतार सरकार आँफैले ४३ आममाफी पाएका नेपाली सहित २० नेपालीको शब नेपाल पठाएको थियो भने नेपाल सरकारको मातहतमा पहलो उडानबाट १४९ नेपालीको उद्दार भएको थियो ।
यस उडान पछि तत्काल तेस्रो उडान बारे तयारी गरिने भट्टराईले क्युएन खबरलाई जानकारी दिनुभयो ।

