सोमबार कतारमा कोरोनाभाइरसको खोप आउने

कतारमा कोरोनाभाइरसको खोपको पहिलो लट डिसेम्बर २१ मा आउने प्रधानमन्त्री शेख खलिद बिन खलिफा बिन अब्दुलअजिजले बताउनु भएको छ ।

आफ्नो ट्विट मार्फत जानकारी दिदै प्रधानमन्त्री अब्दुलअजिजले आउने सोमबार कतारमा कोरोनाभाइरसको खोप आइपुग्ने र प्राथमिकताको अनुसार प्रदान गरिने बताउनुभएको छ । “भाइरसको महामारी रोक्न यो अर्को महत्त्वपूर्ण कदम हुनेछ । महामारी नियन्त्रणमा राख्न योगदान दिएका स्वास्थ्यकर्मी लगायत यसमा लागि परेका सबैलाई धन्यवाद दिन चाहान्छौ “,प्रधानमन्त्रीले ट्विटमा लेख्नुभएको छ ।

स्वास्थ्यकर्मी,दीर्घकालीन रोग भएका बिरामी र ५० वर्ष भन्दा माथिका तथा अन्यलाई खोप सुरुमा लगाइनेछ । केही महिना पश्चात खोप सबैमा उपलब्ध हुनेछ ।

सरकारले सम्पुर्ण आप्रवासी नागरिक तथा बासिन्दालाई खोप निशुल्क दिने घोषणा गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button