२७ तारिक पनि उडान हुने

कतार बाट नेपाल एयरलाइन्स मार्फत दोस्रो उद्दार उडानको मिति तय भएको छ । कतारस्थित नेपाली दूतावासले आज एक सूचना प्रकाशित गर्दै जुन २७ तारिक नेपाल एयरलाइन्सको उडान हुने निश्चिति गरेको हो ।

उक्त उडानमा भिसा सकिएका,ओभरस्टे लगायत अन्य कानूनी प्रक्रियामा रहेका नेपालीको लागि रहेको छ । त्यस्ता वर्गमा पर्नेहरुको कतारको सम्बन्धित निकायबाट सफाई प्राप्त गर्नका आवश्यक पत्राचार भैसकेको र अनुमित प्राप्त गरेपछि मात्र उडान गर्न सकिने दूतावासले बताएको छ ।

यस अघि २० जुनको नेपाल एयरलाइन्सको उडानको लागि नाम प्रकाशित भै तोकिएको उडानमा विविध कारणले जान नसकेका यात्रुहरुले अब हुने उडानमा नेपाल जानका लागि उल्लेखित ट्राभल एजेन्सीसँग सम्पर्क गर्नुपर्नेछ । साथै यो उडानमा सिट क्षमता नपुग भई प्रतिक्षा सूचीमा पर्नुहुने यात्रुहरुले पनि एयरलाइन्सको पछिल्ला उडानमा यात्रा गर्न सकिनेछ । त्यसैगरी पर्याप्त यात्रु नपुगेमा एयरलाइन्सले त्यसपछिका उडानका यात्रुलाई समावेश गर्न सक्नेछ ।

नेपाल जानको लागि हवाई भाडा १,४२७ कतारी रियाल रहेको छ र मोबाइलमा एह्तेराज एपको हरियो कोड अनिवार्य रहेको छ ।

हवाई टिकटका लागि कहाँ सम्पर्क गर्ने ?

Fahd Travels, Jaida Towers (Sales & Reservation)

Abdul Hafeez , Mob +974 70665648, Kashi Dhamala, Mob +97466675150

Tel +974 44318080 Fax +974 44214744 Email: doh.sales@nac.com.np, nepalairlinessales@fahdtravels.com

उडानको सूचीमा पर्ने यात्रुहरुको नामावली हेर्न यहाँ थिच्नुहोस ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button