कतारबाट तेश्रो उडानमा १ सय ५६ नेपाली स्वदेश फर्कदै

कोरोना भाइरस बाट रोकिएको उडानपछि विभिन्न समस्यामा परेका नेपालीको उद्दार उडान मार्फत १ सय ५६ नेपाली स्वदेश फर्किने भएका छन् ।

बिहिवार बिहान १:४५ बजे हिमालय एयरलायन्सको एच ९५६३२ को उडान मार्फत ती नेपालीहरुलाई स्वदेश फर्काइने दूतावासले जनाएको छ । दूतावासले आव्हान गरेको फारम भरेका मध्य पहिलो प्राथमिकतामा परेका उनी हरुको आज स्वदेश फिर्ती हुन लागेको जनाइएको छ । यस् उडानमा ८ महिला, दुई बालबालिका सहित् १४६ पुरुष रहेका छन् । उनिहरु बिहिवार नेपाली समय बिहान ९ बजे नेपाल पुग्नेछन् ।

यसपछि २७ तारिक कतारको मन्त्रालय बाट सफाई पाउने नेपालीहरुलाई नेपाल एयरलाइन्स बाट उद्दार गर्ने तयारी भईरहेको कतार स्थित नेपाली राजदुतावासका द्वितीय सचिव रिचा भट्टराईले क्युएन खबरलाई दिनुभएको छ । सो चौथो चरणको उडानका सम्भावित यात्रुहरुको सुची पनि दुतावासले प्रकाशित गरिसकेको छ ।


त्यस्तै कतारबाट पाँचौ उडानको नमावाली पनि प्रकाशित भएको छ तर उक्त उडानको मिति र समय भने तय हुन् बाँकी रहेको दूतावासले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button