प्रहरीले पैदल गस्ती सुरु गर्यो

कोरोनाभाइरस महामारी रोकथाम गर्न सरकारले जारी गरेको सावधानीका माध्यम पालना गरे/नगरेको जाँच गर्न कतार प्रहरीले पैदल गस्ती सुरु गरेको छ । मन्त्रालयले आफ्नो कर्मचारीहरु सार्वजनिक स्थल,विशेषगरी सपिङ कम्प्लेक्स लगायतका स्थानमा बढी खटाएको आन्तरिक मन्त्रालय अन्तर्गत एह्तेराज कमिटीका प्रमुख मसौद जमान अल कह्तानीले बताएका छन् ।

दुई हप्ता अगाडिदेखि मन्त्रालयले नियम पालना गर्न कडाई गरेयता मास्क नलगाई हिड्ने पन्ध्र सय भन्दा बढी पक्राउ परेका छन् । त्यस्तै निजि सवारीमा एकै परिवार बाहेक ४ जना भन्दा बढी बस्न नपाउने नियम उल्लंघन गर्ने ९० बढीलाई पनि पक्राउ गरि मुद्दा दर्ता गरिएको छ ।

नियम पालना गर्न लापरबाही भएकाले भाइरस नियन्त्रणमा कठिनाई भएपछि मन्त्रालयले थप कडाई गरेको कह्तानीले बताएका छन् ।

मन्त्रालयले सम्पूर्ण नागरिकलाई मास्कको प्रयोग गर्न,सामाजिक दुरि कायम गर्न र मोबाइलमा एह्तेराज एप प्रयोग गर्न बारम्बार आग्रह गर्दै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button