आज १,०६० जनामा भाइरस देखियो,थप २ को मृत्यु

कतारमा आज बिहिवार १,०६० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले गएको २४ घण्टामा १,४६१ जनालाई निको भएको पनि पुष्टि गरेको छ । यो संगै कतारमा भाइरस संक्रमण पुष्टि भएको कुल संख्या ९१,८३८ पुगेको छ ।
भाइरसका कारण आज २ जनाले ज्यान गुमाएका छन् । स्वास्थ्य मन्त्रालयको पछिल्लो २४ घण्टाको रिपोर्ट अनुसार ४,३२४ जनालाई परिक्षण गरिएको थियो ।
कतारमा हालसम्म भाइरस बाट ज्यान गुमाउनेको संख्या १०६ रहेको छ र निको हुनेको संख्या ७४,५४४ पुगेको छ । सरकारले संक्रमित र मृत्यु हुने नागरिकको राष्ट्रियता आजसम्म खुलाएको छैन ।
पहिलो स्वाब नतिजा पोजेटिभ आएका सामान्य बिरामीलाई १४ दिनमा डिस्चार्ज दिने विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को मार्गनिर्देशन अनुसार अपनाएको स्वास्थ्य उपचार विधिका कारण कतारमा अहिले यस रोग बाट निको हुनेको संख्या पनि दिनहुँजसो बढ्दै गैरहेको छ ।
गएको २४ घण्टा भित्रकाे तथ्यांक
अस्पताल भर्ना भएका – १२६ जना
अस्पतालमा उपचार भैरहेका जम्मा – ९९३ जना
आईसीयुमा भर्ना भएका – ११ जना
आईसीयुमा उपचार भैरहेका जम्मा – २१२ जना
आज सम्म जाँच भएको संख्या – ३,३७,४९६ जना
निको हुन बाँकीको संख्या – १७,१८८ जना
कसैमा भाइरस सम्बन्धि लक्षण देखा परे तुरुन्त १६००० मा सम्पर्क गर्न मन्त्रालयले सबैमा आग्रह गरेको छ ।
भाइरस जाँच्न हुने मुख्य चार स्थानहरु :
१. मुऐथर हेल्थ सेन्टर
२. रव्दत अल खेल हेल्थ सेन्टर
३. उम स्लाल हेल्थ सेन्टर
४. अल घराफा हेल्थ सेन्टर