कतारबाट विश्व स्वास्थ्य संगठनलाई १० मिलियन डलर सहयोग

उप प्रधानमन्त्री तथा विदेशी मामिला मन्त्री शेख मोहम्मद बिन अब्दुलरह्मान अल थानीले कतारको तर्फ बाट विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) लाई १० मिलियन डलर सहयोगको घोषणा गर्नुभएको छ ।

विश्वभर महामारीको रुपमा फैलिएको कोभिड-१९ भाइरसको उपचार,उपचारका लागि नयाँ सामग्री पत्ता लगाउन र खोप निर्माणका लागि कतारले डब्लुएचओलाई दस मिलियन अमेरिकी डलर सहयोग गरेको हो । कतारले यसअघि पनि खोप निर्माणमा जुटिरहेको ग्लोबल एलायन्स फर भ्याक्सिन एन्ड इम्युनाइजसन संस्था गाभीलाई २० मिलियन अमेरिकी डलर सहयिग गरिसकेको छ ।

गलोबल सिटीजन नामक संस्थाले आयोजना गरेको भिडियो कन्फेरेन्स कल मार्फत भएको कार्यक्रममा बोल्दै मन्त्री अल थानीले यस्तो अभियानबाट सहयोग गर्न पाउँदा कतारले गर्वको महसुस गरेको बताउनु भएको छ । उहाँले यूरोपियन कमिसन र ग्लोबल सिटीजन संस्थालाई अभियानको सदस्य बनाएकोमा धन्यवाद व्यक्त पनि गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button