चौथो उडान मार्फत १ सय ४८ नेपाली स्वदेश फर्किए, एक शव पनि लगियो

कोरोना भाइरस बाट रोकिएको उडानपछि विभिन्न समस्यामा परेका नेपालीको उद्दार उडान मार्फत १ सय ४८ नेपाली स्वदेश फर्किएका छन् ।
आज राति १०:४५ बजे नेपाल एयरलाइन्सको एच ९५६३२ को उडान मार्फत ती नेपालीहरुलाई स्वदेश फर्किएका दूतावासले जनाएको छ । दूतावासले आव्हान गरेको फारम भरेका मध्य चौथो प्राथमिकतामा परेका उनी हरु आज स्वदेश फिर्ता भएका हुन् । यस् उडानमा ३२ महिला ११६ पुरुष रहेका छन् भने सामाजिक अभिएन्ता प्रकाश गुरुङ ज्यूको शव पनि रहेको छ । उनीहरु भोलि करीव नेपाली समय बिहान ६:३० बजे नेपाल पुग्नेछन् ।
यसपछि कतारबाट पाँचौ उडान तर हिमालय एयरलाइन्सको भने तेश्रो उड़ान ३० जुन २०२० का लागि तय गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो