५ जना भन्दा बढी भेला हुन नपाउने

कतारमा विपत्ति व्यवस्थापन समितीले पाँच जना भन्दा बढी जम्मा हुन नपाउने निर्णय लिएको छ । कतारी नागरिक लगायत उच्च पदमा काम गर्ने आप्रवासीले सावधानीका उपाय नअपनाएका कारण भाइरस संक्रमण बढ्दै गएपछी समितीले यस्तो निर्णय लिएको बताएको छ । यसअघि दोस्रो चरण देखि निजि तथा सार्वजनिक स्थानहरुमा १० जना सम्मलाई भेला हुन दिने भनिएको थियो ।

सार्वजनिक स्वास्थ्य विवरणको तथ्यांकअनुसार समितिले कतारमा भाइरस विरुद्ध सुरु गरिएको प्रतिवन्ध हटाउन जुलाई १ देखि दोस्रो चरणको योजना लागू गर्ने तयारी गरेको छ ।

दोस्रो चरण – जुलाई १

१. ५ जना सम्म भेला हुन दिने । सिमित समयका लागि मलहरु खुल्न दिइने ।
२. मार्केट तथा होलसेल मार्केट सिमित समयका लागि खुल्न दिइने ।
३. कम मानिस जम्मा हुने केही रेस्टुरेन्टहरु खुल्ने । यस विषयमा उद्योग तथा बाणिज्य मन्त्रालयले सूचना जारी गर्ने ।
४. संग्रहालय र लाइब्रेरी सिमित मानिसका लागि सिमित समयका खोलिने ।
५. आवश्यक सावधानी अपनाएर कार्य क्षेत्रमा ५० प्रतिशत कामदारले काम गर्न पाउने ।
६. निजि मेडिकलहरु ६० प्रतिशत क्षमताले खुल्न पाउने ।
७. एउटै परिवारका १० जना सम्मले डुङ्गा चलाउन पाउने ।
८. सम्पूर्ण पार्क,बिच तथा कर्नेश सबै उमेरका मानिसका लागि खुल्ने । खेल्न भने नपाउने ।
९. १० जना भन्दा कमले खुला क्षेत्रमा तथा जिम सेन्टरमा अभ्यास गर्न पाउने ।
११. ५ वटा प्राथनाका लागि मस्जिदहरु खुल्ने ।

तेस्रो चरण – अगस्ट १

१. १४ दिन क्वारेन्टाइनमा बस्ने गरि प्राथमिकतामा रहेका यात्रुहरु कतार आउन पाउने । जस्तै : आप्रवासी कामदार ।
२. सम्पूर्ण सपिङ सेन्टरहरु खुल्ने ।
३. होलसेल मार्केटहरु सिमित क्षमता संगै सिमित समयका लागि खुल्ने ।
४. ग्राहक बढाएर केही रेस्टुरेन्टहरु खुल्न दिने ।
५. ड्राइभिङ स्कुलहरु खुल्न दिने ।
६. नर्सरी र चाइल्ड केयर सेन्टर खुल्ने, शैक्षिक सस्था भने सेप्टेम्बर देखि मात्र खुल्ने ।
७. सावधानी अपनाएर ८० प्रतिशत कामदारले काम गर्न पाउने ।
८. ५० प्रतिशत ग्राहक क्षमता घटाएर हेल्थ क्लब,जिम सेन्टर,स्विमिङ पुल,ब्युटि पार्लर,मसाज सेन्टर र सैलुन खोल्न पाउने । दर्शक बिना खेलकुद प्रतियोगिता आयोजना गर्न पाउने ।
९. निजि मेडिकलहरु ८० प्रतिशत क्षमताले खुल्न पाउने ।

सावधानीको उपाय अपनाउदै कतारमा भाइरसको महामारी कम गर्न सबैको सहकार्य महत्वपूर्ण रहेको समितिले बताएको छ । बाहिर जादा अनिवार्य रुपमा मास्कको प्रयोग, सामाजिक दुरी कायम गर्न र एह्तेराज एप प्रयोग गर्न समितिले सबैलाई आग्रह समेह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button