आज कतारका पूर्व अमीर हमाद बिन खलीफा अल थानीको ६५ औ जन्मदिन


आज कतारका पूर्व अमीर हमाद बिन खलीफा अल थानीको ६५ औ जन्मदिन परेको छ । सन १९५२ जनवरी १ तारिक का दिन बुवा खलीफा बिन हमाद अल थानी तथा आमा हिस्सा बिन हमाद अल अत्तियाको कोख बाट दोहा सहरमा उहाँको जन्म भएको थियो । उहाँको पुरा नाम शेख हमाद बिन खलीफा बिन हमाद बिन अब्दुल्लाह बिन जस्सीम बिन मोहम्मद अल थानी हो । उहाँको जन्म पश्चात नै उहाँको आमा बित्नु भएको थियो । त्यसपछि उहाँलाई आफ्नो काकाले हुर्काउनु भएको थियो ।शेख खलीफा ले तीन विवाह गर्नुभयो । उहाँको ११ छोरा र १३ छोरी गरी जम्मा २४ जना सन्तानहरु रहेका छन । तत्कालीन अमीर शेख तामिम बिन हमाद बिन खलीफा अल थानी उहाँको दोस्रो श्रीमती बाटको दोस्रो सन्तान हुनुहुन्छ ।सन १९९५ मा आफ्नो बुवा बाट राज्य खोसी राज्यरोहण गर्नुभएको पुर्वराजा खलीफा ले २७ जुन १९९५ देखि २५ जुन २०१३ सम्म राज्य शासन गर्नुभयो । उहाँको शासनकालमा कतारले ७७ मिलियन टन सम्म ग्यास उत्पादन गर्दै प्रति व्यक्ति प्रति वर्ष आय ८६,४४० अमेरिकी डलर बनाउँदै विश्वको धनी राष्ट्र बन्न सफल भएको थियो । त्यस्तै उहाँकै शासनकालमा २००६ मा एसियन गेम, यु यान जलवायु परिवर्तन सम्मेलन,दोहा सम्झौता,हमास–फताह दोहा सम्झौता तथा २०२२ को विश्वकप आयोजना जस्ता ठुला उपलब्धीहरु भए ।२५ जुन २०१३ मा आफ्नो छोरा तामीम बिन हमाद बिन खलीफा अल थानी लाई राज गद्धी सुम्पिनुभएको थियो ।
गुगल बाट सम्प्रेषित
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो