बिज्ञापन

कतारबाट पाँचौ उडानमा २ सय ६४ स्वदेश फर्किए, दश शव पनि लगियो

कोरोना भाइरस बाट रोकिएको उडानपछि विभिन्न समस्यामा परेका नेपालीको उद्दार उडान मार्फत २ सय ६४ नेपाली स्वदेश फर्किएका छन् ।

आज मंगलवार बिहान १:४५ बजे नेपाल एयरलाइन्सको आरए  २३९२ को उडान मार्फत ती नेपालीहरुलाई स्वदेश फर्किएका दूतावासले जनाएको छ । दूतावासले आव्हान गरेको फारम भरेका मध्य पहिलो चरण अन्तर्गत पाँचौ प्राथमिकतामा परेका उनी हरु आज स्वदेश फिर्ता भएका हुन् । यस् उडानमा २२ महिला २४२ पुरुष रहेका छन् भने दश जनाको शव पनि रहेको कतार स्थित नेपाली राजदुतावासका द्वितीय सचिव प्रबिण भट्टराईले क्युएन खबरलाई जानकारी दिनु भयो ।

उनीहरु आज करीव नेपाली समय बिहान ९ बजे नेपाल पुग्नेछन् ।

यात्रु
यात्रु
दूतावासका द्वितीय सचिव प्रवीण भट्टराई र भुवन प्रसाद भट्ट लगायत गैरआवासीय नेपाली संघ आइसिसी सदस्य रमेश भट्ट, प्रवासी नेपाली एकता मञ्च कतारका अध्यक्ष चानक पोखरेल संगै पत्रकार तिलु शर्मा पौडेल

हालसम्म कतारबाट कुल १ हजार ३१ यात्रुहरू स्वदेश फर्कीसकेका छन् भने ३१ वटा शव नेपाल लगिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button