बिज्ञापन

पूर्वमन्त्री अधिकारीले भने ‘नजिकको मानिसको विश्वास गर्दा फसेँ’

काठमाण्डौँ, कात्तिक २४-

कोशी प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीले आफ्नो गाउँको आफ्नै पार्टीको र आफ्नै नजिकको मानिसलाई विश्वास गर्दा गिरोहले फसाएको बताएका छन्। शनिबार पत्रकारहरूसँग कुरा गर्दै पूर्वमन्त्री अधिकारीले आफ्नो नजिकको र विश्वासिलो मानिसको प्रयोग गरेर नियोजित रुपमा आफूलाई फसाइएको बताएका हुन्।

मन्त्री अधिकारीले नजिकको त्यो पनि शङ्कै गर्न नसक्ने मानिसमार्फत गिरोहले नियोजित रुपमा जापान लैजाने भनेर फसाएको बताए। मन्त्री अधिकारीले मानव तस्करीमा आफू संलग्न नै नभएको दाबी गरे। मन्त्री अधिकारीले भने ‘मैले मानव तस्करी गरेको भए पक्राउ परेकाहरूले नै मेरो बारेमा सबै बयान दिइसक्ने थिए।’ उनले अनुसन्धानबाट प्रमाण भेटिए कारबाही भोग्न तयार रहेको स्पष्ट पारे।

पूर्वमन्त्री अधिकारीले जापान जाने प्रक्रियामा आफ्नो गल्ती भएको स्वीकार गरे। तर, मानव तस्करी आफूले नगरेको बरु तस्करी गर्ने गिरोहलाई पक्राउ गर्न सहयोग गरेको उनले स्पष्ट पारे। अनुसन्धानमा सहयोग गर्न नै पार्टीको जिम्मेवारी र सरकारको जिम्मेवारीबाट मुक्त भएर बसेको अधिकारीले स्पष्ट पारे। उनले जापान जानेक्रममा आफूलाई गिरोहले फसाउन खोजेको चाल पाउने बित्तिकै प्रहरीलाई सूचना दिएको दाबी गरे।

यति मात्रै हैन मन्त्री पदबाट पनि आफैंले राजीनामा दिएको र पार्टीको जिम्मेवारीबाट मुक्त गर्नसमेत आफैले माग गरेको स्पष्ट पारे। जापान जाने प्रक्रियामा गिरोहको विश्वास गरेर आफूले गल्ती गरेको भए पनि मानव तस्करीमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा आफ्नो संलग्नता नभएको अधिकारीले जिकिर गरे।

 

यस समाचारको श्रोत : www.narayanionline.com हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button
error: <b>सावधान: </b>सामग्री चयन बन्द गरिएको छ !!