इजरायल र इरानबीचको तनावबाट उत्पन्न हुने सम्भावित सबै परिदृश्यका लागि कतार पूर्ण रूपमा तयार

इजरायली पक्षबाट दोहोरिने उल्लङ्घन र आक्रमणले क्षेत्रीय शान्ति प्रयासहरूलाई असर पार्ने र यसले क्षेत्रीय युद्धको जोखिम बढाउने देखिन्छ। यसैबीच, कतारले सम्भावित सबै परिदृश्यका लागि पूर्ण तयारी गरिसकेको छ। प्रधानमन्त्रीका सल्लाहकार तथा विदेश मन्त्रालयका आधिकारिक प्रवक्ता डा. माजेद बिन मोहम्मद अल अंसारीले इजरायल र इरानबीच हालै क्षेत्रमा देखिएको तनावबारे पत्रकार सम्मेलनमा यस्तो जानकारी दिए।

उनले भने, “इजरायल र इरानबीच हुने हालैको तनावबाट उत्पन्न हुने सम्भावित सबै परिदृश्यका लागि कतार पूर्ण रूपमा तयार छ। हामीले यसभन्दा पहिले पनि गम्भीर चुनौतिहरू सामना गरिसकेका छौं र विजयी भएका छौं।”

प्रवक्ताले यसबीच क्षेत्रमा समुद्री यातायात सामान्य रूपमा संचालन भइरहेको बताए। उनले तेल र ग्यास निर्यात पनि निर्बाध रूपमा जारी छ भने क्षेत्रमा रहेका अन्तर्राष्ट्रिय कम्पनीहरूको कारोबार पनि सामान्य छ।

उनले तनाव नरोकिएमा यसले नकारात्मक प्रभाव पार्न सक्ने चेतावनी दिँदै सबै पक्षलाई कूटनीतिक मार्फत विवाद समाधान गर्न आग्रह गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
1K
मनपर्‍यो
खुसी लाग्यो
84
खुसी लाग्यो
दुःख लाग्यो
1
दुःख लाग्यो
रुन मन लाग्यो
2
रुन मन लाग्यो
हाँसो लाग्यो
44
हाँसो लाग्यो
रीस उठ्यो
3
रीस उठ्यो
Back to top button