कोरोनाभाइरसको प्रतिवन्ध हटाउन भोलि देखि दोस्रो चरण सुरु हुँदै

कोरोना भाइरसका कारण कतारको विभिन्न क्षेत्रमा लागेको प्रतिवन्ध क्रमिक रुपमा हटाउदै लाने योजना अन्तर्गत भोलि बुधबारदेखि दोस्रो चरण सुरु हुँदैछ। सार्वजनिक स्वास्थ्य विवरणको तथ्यांकअनुसार समितिले सेप्टेम्बर सम्म चार चरण गरि सम्पुर्ण प्रतिवन्ध हटाउने बताएको छ । तर त्यसका लागि सावधानीको उपाय अपनाउदै कतारमा भाइरसको महामारी कम गर्न सबैको सहकार्य महत्वपूर्ण रहेको समितिले बताएको छ ।

बाहिर जादा अनिवार्य रुपमा मास्कको प्रयोग गर्न, सामाजिक दुरी कायम गर्न र एह्तेराज एप प्रयोग गर्न समितिले सबैलाई आग्रह समेत गरेको छ ।

दोस्रो चरण अन्तर्गत सार्वजनिक तथा निजि स्थानमा ५ जना सम्म भेला हुन दिने, सिमित समयका लागि मलहरु खुल्न दिइने,मार्केट तथा होलसेल पसल सिमित समयका लागि खुल्न दिइने, कम मानिस जम्मा हुने केही रेस्टुरेन्टहरु खुल्ने,संग्रहालय र लाइब्रेरी सिमित मानिसका लागि सिमित समयका खोलिने,आवश्यक सावधानी अपनाएर कार्य क्षेत्रमा ५० प्रतिशत कामदारले काम गर्न पाउने,निजि मेडिकलहरु ६० प्रतिशत क्षमताले खुल्न पाउने,एउटै परिवारका १० जना सम्मले डुङ्गा चलाउन पाउने,सम्पूर्ण पार्क,बिच तथा कर्नेश सबै उमेरका मानिसका लागि खुल्ने,१० जना भन्दा कमले खुला क्षेत्रमा तथा जिम सेन्टरमा अभ्यास गर्न पाउने र ५ वटा प्राथनाका लागि मस्जिदहरु खुल्ने लगायतको योजना रहेको छ ।

अवस्था सुध्रिदै गए तेस्रो चरण अगष्ट १ देखि र चौथो तथा अन्तिम चरण सेप्टेम्बर देखि सुरु हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button